स्थानीय सरकारलाई कर्मचारी अभाव

स्थानीय सरकारलाई कर्मचारी अभाव

बनेपा : काभ्रे जिल्लाका स्थानीय तहमा पर्याप्त स्रोत साधन र कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको छ। स्थानीय तह कार्यान्वयन भएको पन्ध्र महिना भैसक्दा पनि कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाका वडामा दैनिक प्रशासनिक काम प्रभावित हुँदै आइरहेको हो।

दैनिक आवश्यक पर्ने प्रशासनिक काम र पुर्ननिर्माणमा समेत समस्या हुँदै आएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। जिल्लाको विकट गाउँपालिकामा कर्मचारी जान नमान्दा झन समस्या बढ्दै गएको स्थानीय सरकारको गुनासो छ।

'गाउँपालिकामा कार्यकारी छैन, तीनवडा एक सचिवले हेर्नुपर्ने बाध्यता छ, कसरी प्रभावकारी सेवा दिन सकिन्छ।' चौरी देउराली गाउँपालिका प्रमुख दीनानाथ गौतमले भने, '३५ कर्मचारी आवश्यक रहेको गाउँपालिकामा जम्मा दुईजना कर्मचारीले गाउँपालिका सञ्चालन गर्दै आएका छन्।'

उनले थपे, 'प्रमुख प्रशासकीय अधिकृत छैनन् भएको पनि सरुवा भएर गए, बाँकी एक लेखा अधिकृत र एक सुब्बा छन्।' गौतमका अनुसार गाउँपालिकाको समस्याबारे पटकपटक कर्मचारी नभएको केन्द्र र प्रदेश सरकारलाई जानकारी गराएपनि सुनुवाई नहुँदा आफू समस्यामा पर्दै आएको गुनासो पोखे। गौतमका अनुसार चौरीमा एक वडा सचिवले तीनवटा वडामा बार अनुसार काम गर्नुपर्ने बाध्यता रहेको बताए।

लामो समयदेखि एकजना प्रमुख प्रशासकीय अधिकृतका भरमा सिंगो गाउँपालिका सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विकट महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा बताउँछन्। 'सरकारले तोके अनुसारको कर्मचारी नै नहुँदा दैनिक सेवाप्रवाहमा समस्या हुँदै आएको छ।'

'एक वडा सचिवले दुई तीनवटा वडा हेर्नुपर्ने बाध्यता छ, उनले थपे, 'गाउँपालिकामा पनि आवश्यक कर्मचारी नहँदा समस्या हुँदै आएको छ।' जिल्लामा सम्बन्धित निकायबाट पर्याप्त कर्मचारी नखटाइदिँदा प्रशासनिक कामदेखि भूकम्प लाभग्राहीले लिनुपर्ने सेवामा समेत समस्या हुँदै आएको जिम्बाले बताए।

बेथाञ्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिका अध्यक्ष डिवि लामा खानीखोलाका अध्यक्ष कृष्णबहादुर खुलाल, भुम्लुका अध्यक्ष गुमानध्वज कुवर, तेमाल गाउँपालिका सलाम सिंह तामाङ मण्डन देउपुर नगरालिका टोपबहादुर बाइबा, नमोबुद्ध नगरपालिका टिपि शर्मा तिमल्सिना पाचँखाल नगरपालिकाका मेयर महेश खरेल कर्मचारी अभावमा सोचेजस्तो सेवाप्रवाह गर्न नसकेको गुनासो पोखे।

निर्वाचित भएको पन्ध्र महिना बितिसक्दा पनि प्रभावकारी सेवा दिन नसकेको बेथानचोक गाउँपालिका अध्यक्ष गोपाल तिमल्सिना बताउँछन्। '६ वडाका लागि जम्मा तीनजना सचिव रहेको र अन्य शाखा समेत कर्मचारी अभावमा काम हुन सकेको छैन।' त्यसैगरी मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले वडा सचिव प्रयाप्त नहुँदा एकै स्थानबाट ६ वडाको काम गर्नुपरेको दुखेसो पोखे। 'कर्मचारीको अभावमा वडा न ३ र ४, ५ र ६, ८ र ९ वडा सँगसँगै राखेर सेवा दिइरहेका छौ।' उनले कर्मचारी नहुँदा सेवाग्राही समेत असर परेको गुनासो पोखे।

सरकारले सिंह दरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि वडामा सचिव समेत नहुँदा सास्ती भाग्नुपर्ने बाध्यता छ। एकै वडा सचिवले तीनवटा वडाका सर्वसाधारणलाई दैनिक प्रशासनिक  र अन्य सेवा प्रभावित हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.