कालिमाटीका व्यापारीले टेरेनन् सरकारलाई, बेचेनन् तरकारी
काठमाडौं : कालिमाटी तरकारी तथा फलफूल बजार मंगलबार पनि बन्द भएको छ। बिचौलिया हावी रहेको कालिमाटी तरकारी बजारको मनपरी रोक्न सरकारले कडाइ गर्न थालेपछि व्यापारीले तरकारी नबेचेका हुन्।
सोमबार बजार अनुगमनमा आएको सरकारी टोलीलाई व्यापारीले बजार अनुगमनमा अवरोध गर्दा प्रहरीले नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडा र अर्का व्यापारी बिमल ढुंगानालाई पक्राउ गरेको थियो।
खतिवडाको रिहाइको माग गर्दै विरोधमा उत्रिएका व्यापारीले तरकारी बजार बन्द गराएका हुन्। व्यापारीले पक्राउ परेका व्यापारीलाई तत्काल मुक्त गर्न र नियन्त्रणमा लिएका तरकारी छोड्न माग राख्दै बजार बन्द गरेका छन् ।