अनियमितताको चार करोड असुल

अनियमितताको चार करोड असुल

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आर्थिक वर्ष २०७४/७५ मा भ्रष्टचार कारबाहीबाट ४ करोड ८ लाख २९ हजार ५ सय ६३ रुपैया अशुल गरेको छ । त्यस्तै व्यक्तीको नाममा हुन लागेको २५ कठ्ठा १० धुर जग्गा समेत सरकारको नाममा कायम भएको अख्तियार बुटवल कार्यालयका प्रमुख रविलाल पन्थले जानकारी दिए । कपिलबस्तु शिवराज नगरपालिकास्थित बनको २६ करोड मुल्य बराबरको जग्गा अख्तियारको कारबाहीबाट सरकारको नाममा कायम भएको उनले बताए ।

अख्तियार बुटवलले गत आर्थिक वर्षमा ५ वटा रंगहात पक्राउ गरी मुद्दा दायर गरेको थियो । सो क्रममा ६ लाख रुपैया घुस र ६ लाख रुपैया विगोदाबीबाट प्राप्त भएको छ । अख्तियारको बुटवल कार्यालयमा गत आर्थिक वर्षमा ८ सय ५७ वटा उजुरी परेकोमा ४ सय ७२ वटा उजुरी मात्र फस्र्योट भएको छ भने ३ सय ८५ वटा फस्र्योट हुन बाँकी छ । आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७०÷७१ देखीका उजुरी फस्र्योट हुन बाँकी छ । ०७०÷७१ का २ वटा उजुरी फस्र्योट हुन अझै बाँकी छ । पछिल्लो आर्थिक वर्ष २०७४÷७५ मा २ सय ३७ वटा र अघिल्ला वर्षका गरी ३ सय ८५ वटा उजुरी फस्र्योट हुन बाँकी छ ।

धेरै उजुरी शिक्षासँग सम्बन्धीत पर्ने गरेका छन् । जस अनुसार गत आर्थिक वर्षमा शिक्षा मन्त्रालय अन्तर्गतका ३ सय २१ वटा उजुरी परेका थिए । शिक्षा अन्तर्गत विद्यालयको भवन बनाउँदा गुणस्तरहिन भएको, छात्रबृत्ती रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको हिनामिना, शिक्षक कर्मचारी नियुक्तीमा अनियमीतता भएको लगायतका उजुरी पर्ने गरेका छन् ।

शिक्षा पछि स्थानिय विकास मन्त्रालय अन्तर्गतका उजुरी पर्ने गरेका छन् । गत आर्थिक वर्षमा स्थानिय अन्तर्गत २ सय १ वटा उजुरी दर्ता भएका थिए । स्थानिय अन्तर्गत उपभोक्ता समिति मार्फत हुने गरेका विकास निर्माणसँग सम्बन्धीत काम गुणस्तरहिन भएको, सामाजिक सुरक्षा भत्तामा अनियमीमितता भएको, आय व्यय पारदर्शी नभएको लगायतका उजुरी अख्तियारमा पर्ने गरेको छ । साविक लुम्बिनी अञ्चलका जिल्ला मध्ये रुपन्देहीबाट सबै भन्दा बढी उजुरी पर्ने गरेको छ ।

अनुसन्धानमा प्रविधिको अभाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय स्तरोन्ती भएर कार्यक्षेत्र पनि विस्तार भएको छ । सम्पर्क कार्यालयबाट प्रदेश स्तरिय कार्यालयमा स्तोन्नती भएर दरबन्दी पनि थपिएको छ । जस अनुसार साविकको ३० वटा दरबन्दीबाट ५१ वटा बनाइएको छ । तर साविकको दरबन्दी संख्यामा पनि अहिले कर्मचारी छैनन् । आयोगको बुटवल कार्यालयमा अहिले २६ जना कर्मचारी मात्र रहेका छन् । कर्मचारी अभावबारे केन्द्रमा जाहेर गरेको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले बताए । ‘थप जनशक्ती नआउँदा काम कारबाहीमा असर पर्छ । त्यसैले अपुग भएको जानकारी गराएका छौं ।’ उनले भने ।

यस अघि आयोगको बुटवल कार्यालयमा प्रहरी उपरिक्षक प्रमुख हुने व्यवस्था भएकोमा स्तरोन्नती भएपछि प्रसासन तर्फका नेपाल सरकारका सहसचिव कार्यालय प्रमुख रहने व्यवस्था गरिएको छ । त्यसैगरी २ जना उपसचिव एक जना सिनियर डिभिजन इन्जिनियर, नापि अधिकृत, कम्युटर इन्जिनियर, बरिष्ठ अनुसन्धान सहायक लगायतका दरबन्दी थप गरिएको छ ।

आवश्यक जनशक्ती नहुँदा अघिल्ला वर्ष अख्तियारका काम कारवाहीमा समस्या भएको आयोगको भनाई छ । कार्यालयमा सुराकी परिचालन सँग सम्बन्धी दक्ष जनसक्तीको कमी, अनुसन्धानमा प्रयोग हुने प्रविधिको अभाव, सामान्य तथा गोलमोटल प्रकारका उजुरीको चाँपका लगायतका समस्याहरु आयोगको कार्यालयमा रहेको पन्थले बताए । पछिल्लो समय घुस लिने तरिका बदलिएको र गुणस्तर र प्रमाणमुखी अनुसन्धान गर्न चुनौति देखीएको उनले बताए ।

स्तरोन्नती भएसँगै अख्तियारको बुटवल कार्यालयले यस अघि साविक लुम्बिनी अञ्चलका ६ जिल्ला मात्र हेर्ने गरेको मा अब प्रदेशका १२ वटै जिल्ला हेर्ने छ । बुटवल कार्यालय अन्तर्गत नेपालगञ्जमा सम्पर्क कार्यालय समेत रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.