चिनियाँ लेखक काठमाडौंमा

चिनियाँ लेखक काठमाडौंमा

 काठमाडौं : नेपाल प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकको एक प्रतिनिधि मण्डल चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेको छ । चिनियाँ लेखक संघका उपाध्यक्ष तथा लु सुन साहित्य प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष कवि जिडी माजियाको नेतृत्वमा ६ सदस्यीय भ्रमण दल आएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा चीनबाट आएका चिनियाँ लेखक संघका प्रतिनिधि मण्डलको स्वागत राजधानीमा गरियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणामा दुई देशबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकको सम्मानमा प्रज्ञा-प्रतिष्ठानले आइतबार साँझ विशेष रात्रिभोज आयोजना गरेको थियो ।

उक्त अवसरमा चिनियाँ पाहुनाको स्वागत गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘सगरमाथा र बुद्धको देशमा मित्रराष्ट्र चीनका लेखकलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । उक्त अवसरमा उनले पाँच वर्षअघि सम्झौता भएबमोजिम साहित्यिक भ्रमण र नेपाली साहित्य चिनियाँ भाषामा र चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गर्ने कार्य भइरहेको बताए । उनले आफ्नो पहलमा चीन तथा दक्षिण एसिया साहित्य सभाको गठन भई पहिलो सभा चीनमा सम्पन्न भएको स्मरण गर्दै दोस्रो सम्मेलन नेपालमा गर्न प्रज्ञा-प्रतिष्ठान तयार रहेको जानकारी गराए ।

प्रतिनिधि मण्डलका जिडी माजियाले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै ‘चीन र नेपालका साहित्यिक एवं सांस्कृतिक विकासका लागि प्रभावकारी काम भइरहेको उल्लेख गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक संघ प्रतिबद्ध रहेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरीका अनुसार चिनियाँ लेखकलाई भक्तपुर, ललितपुर र काठमाडौंका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक स्थलको अवलोकन भ्रमण गराइने छ । चिनियाँ लेखक टोली बुधबार स्वदेश फिर्ता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.