आर्थिक अभावले विद्यालयबाट वञ्चित

आर्थिक अभावले विद्यालयबाट वञ्चित

 मुगु :  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका एक दलित घरका चार बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित हुन पुगेका छन् ।

सोरु गाउँपालिका–६ जिमाका काला लावडको गएको वैशाख २८ गते काम सकेर फर्कंदै गर्दा जिमा गाउँ नजिकको झिरझिरेको भीरबाट खसेर मृत्यु भएको त्यसपछि र परिवारमा कमाएर खुवाउने कोही नभएकाले दलित परिवारका चार बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् । अर्काको काम गरेर घरको गुजारा चलाउँदै आएका यो परिवारको आम्दानीको मुख्य बाटो नै बन्द भएपछि पढ्दै आएका चार सन्तानको पढाइ छुट्न गएको हो ।

आर्थिक अभावका कारण जेठो दाइ रतनलाल लावड पहिले नै विद्यालय छोडेर बाबुसँग अरूको काम जाने गरेका थिए । उक्त दलित घरमा अहिले दाइ र आमाले अर्काको काम गरेर मुस्किलले बिहान बेलुकाको छाक टार्दै आएका छन् । ‘अर्काको काम नगरी खान पुग्दैन, छोराछोरीलाई विद्यालय पठाउन कापी कलम र पोसाक जोहो सकेनन् र विद्यालयबाट उनीहरू वञ्चित भएका हुन् ।’ सोही गाउँपालिका–४ का तिलक शाहीले बताए ।

बाबुको मृत्युपश्चात् आर्थिक अभावकै कारण र तीन दिदीबहिनी र एक दुधेबहिनीका लागि आमा र जेठो दाइले ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान बेलुकाको छाक टार्ने गरेका यो परिवारको पुख्र्यौली सम्पत्ति भनेको बस्ने घर र एक हल जग्गा मात्र छ । बाबु हुँदा जसोतासो घर चलेकै थियो । तर अब लावड परिवारलाई घर कसरी धान्ने भन्ने चिन्ता बढेको छिमेकी सुरेन्द्र लावडले बताए ।

जेठो दाइ १५ वर्षीय रतन लावडले आर्थिक अभावकै कारण चार कक्षामा पढदा पढदै विद्यालय छोडेका थिए । बाबु हुँदा कहिलेकाहीँ विद्यालय जाने गरेका ११ वर्षीया उजेला लावड, सात वर्षीया डिल्का लावड अहिले घरको कामका साथै आमा दाइलाई सघाउँदै बहिनीको हेरचाह गरेर दिन बिताउने गर्छन् । ‘छोराछोरीका सँगैका साथी विद्यालय जाँदै गरेको देख्दा आफ्नो मन दुख्छ । तर के गरौं काम नगरी खानै पुग्दैन । विद्यालय कसरी पठाऊँ ? ’ आमा रमता लावडले बताइन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.