धारिलो हतियार प्रहार गरी युवकको हत्या

धारिलो हतियार प्रहार गरी युवकको हत्या

ओखलढुंगा : मोलुंग गाउँपालिका वडा नम्बर ३ का २९ वर्षिय सन्तोष कार्कीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ। घरमा कोही नभएको अवस्थामा धारिलो हतियार प्रहार गरी कार्कीको हत्या भएको स्थानीयवासीले बताएका छन्। 

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय सन्तोष दाहालले बताए। घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले बताए।

शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाउने तयारी भएको छ। कार्की गत असारदेखि गाउँमा बस्दै आएका थिए। यसअघि उनी काठमाडौंमा थिए।

उनीसँग व्यक्तिगत रिसइबी भएका व्यक्ति बाहिरबाट आएर हत्या गरेको अनुमान स्थानीयवासीको छ। घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.