हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहत

हलेसी मन्दिरको  आम्दानी नगरपालिकाको मातहत

खोटाङ : पूर्वको पशुपति भनेर चिनिएको खोटाङस्थित ऐतिहासिक त्रि-धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याइएको छ। मन्दिरमा चढाइएको भेटिसहित विभिन्न स्रोतबाट हुने आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने नगरपालिकाले जनाएको छ।यो निर्णय चालू आर्थिक वर्षबाटै लागू हुनेछ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा परिचित हलेसीको आम्दानीलाई पारदर्शी बनाएर हलेसीको पर्यटन प्रर्वधन गर्न नगरपालिकाले आम्दानी नगरपालिका मातहत ल्याउने निर्णय गरिएको नगर प्रमुख इवन राईले बताए। 'यही क्षेत्रको विकासलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो ।'

यस अघि हलेसी मन्दिर व्यवस्थापन समितिबाट व्यवस्थापन हुँदै आएको आम्दानी खर्चलाई नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको संयुक्त छलफलबाट स्थानीय सरकार मातहत ल्याउने सहमति गरेको हो। 

यसरी नगरपालिका मातहत आएको कोष अब नगरपालिकाका, हलेसी महादेवस्थान विकास समिति र मन्दिर व्यवस्थापन समितिका एक-एक जना प्रतिनिधिको संयुक्त हस्ताक्षरबाट चल्ती खाता संचालन गरिने छ।

यसो गर्दा पारदर्शी र व्यवस्थित हुने सरोकारवालाको भनाइ छ। यसअघि आम्दानी र खर्चको पारदर्शीताका बारेमा प्रश्न उठ्दै आएको थियो। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसी आउने बाह्य तथा आन्तरिक पर्यटक÷दर्शनार्थीले भेटी, गरगहनालगायत चढाउने गरेका छन् । 

हलेसीको आम्दानीलाई स्थानीय तहको मातहतमा ल्याएर कार्यविधि बनाएर मन्दिरकै व्यवस्थापन, परिचालन र विकासमा खर्च गरिने नगरपालिकाले जनाएको छ। हलेसीमा हरेक वर्ष हिन्दु, बौद्ध र किरात धर्मका अनुयायी लाखौं धार्मिक पर्यटक आउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.