जेल कि यातनाघर  ?

जेल कि यातनाघर  ?

काठमाडौं : यसै त जेल । त्यसमा पनि न पानीको सुविधा छ, न शौचालय । सुत्नका लागि ओछ्यान पनि छैन, लामखुट्टेबाट बच्न झुल पनि छैन । देशभरिका जेल र हिरासतहरू बन्दीगृह होइन, यातनागृह जस्ता छन् ।

महान्यायाधिवक्ता कार्यालयले मुलुकभरिका कारागार र हिरासतमा गरेको पछिल्लो अनुगमन प्रतिवेदनले यस्तो दर्दनाक अवस्था बाहिर ल्याएको हो ।

अनुसन्धानका लागि थुनामा राखिएका बन्दी समेतले हिरासतमा सुत्न खाट पाएका छैनन् । कारागारमा शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध छैन । हिरासतमा थुनामा राख्न पुरुष र महिलाका लागि एक–एक कोठा मात्र छ । बन्दीका लागि आधारभूत मानवअधिकारको पनि अभाव देखिएको हो ।

नुवाकोट, बारा, सुनसरी, धनकुटा, तेह्रथुम, धरान, मुगु, जुम्ला, स्याङ्जालगायत स्थानमा झ्याल नभएका हिरासत छन् । घाम, हावा र प्रकाश छिर्दैन । बाँकेमा जिल्लामा हिरासतका बन्दीलाई ट्युबवेलको पानी दिइने गरेको छ ।

धनगढीमा यस्तै समस्या छ । शयन कक्ष र छुट्टै भान्सा कोठाको अधिकांशमा समस्या छ । अपांगमैत्री थुनुवा कक्ष कुनै हिरासतमा छैन । सुत्ेकरीका लागि भिन्नै व्यवस्था छैन ।

‘हिरासत कक्षको भौतिक अवस्था हेर्दा साँघुरो, अँधेरो र अधिकांशमा घाम, हावा र प्रकाशको स्थिति सन्तोषजनक रहेको पाइएन,’ आइतबार सार्वजनिक प्रतिवेदनले भनेको छ, ‘धेरैजसो हिरासतमा चर्पी र नुहाउने कक्ष अपर्याप्त रहेको देखिन्छ ।’

नुवाकोट, रसुवा, डडेल्धुरा, कैलाली, कञ्चनपुर, नवलपरासी, रूपन्देही, पर्सा, चितवन, सुनसरी, तेह्रथुम, संखुवासभालगायतका अधिकांश जिल्लामा कैदीहरू भुइँमा काठ राखेर सुत्ने गरेको भेटिएको छ । केहीमा म्याटमै बिस्तारा लगाएर सुत्छन् ।

मधेसका जिल्लामा पनि लामखुट्टेबाट बच्न झुल छैन । उपचार कक्ष, पुस्तकालय, रेडियो, टेलिभिजन, क्षमतायुक्त काम गर्ने स्थान, शिक्षाको अवसर कुनै हिरासतमा छैन । महानगरीय प्रहरी परिसर, टेकु हिरासतमा क्षमताभन्दा बढी व्यक्ति रहेको पाइएको छ ।

टेकुमा शौचालय र पानीको आपूर्तिमा समेत समस्या छ । तीनवटा कक्ष रहेको र पुरुष कक्षमा ९४ जना, महिला कक्षमा १३ जना र ते श्रो लिंगी कक्षमा दुई जना थुनुवा रहेको पाइयो ।

  • महान्यायाधिवक्ताको प्रतिवेदन भन्छः
  • न चर्पी छ, न पानी 
  • न घाम छिर्छ, न हावा 
  • सुत्नुपर्छ भुइँमै 
  • स्वास्थ्य जाँच हुँदैन 
  • लामखुट्टेबाट बच्न झुल पनि छैन 
  • सुत्केरीलाइ छुट्टै कोठा छैन।
  • अपांगमैत्री थुनुवा कक्ष छैन 

जेलको अवस्था गत वर्षको जस्तै छ । प्रायः जेलमा दोब्बर–तेब्बर थुनुवा खचाखच छन् । धेरै थुनुवा भएका कारण भुइँमा ओच्छ्यान लगाएर कोचिएर सुत्नुपर्ने स्थिति छ । जेलहरू पुराना र जीर्ण छन् । सामूहिक शौचालय रहेका कारण दिसापिसाब गर्न समस्या छ । भिन्नै शयन कक्ष छैन । स्वास्थ्य उपचारका लागि नर्स र चिकित्सक उपलब्धता छैन । स्वास्थ्यको दरबन्दी मात्रै रिक्त छ ।

थुनाका व्यक्ति गम्भीर बिरामी भए नजिकको अस्पताल लगिन्छ । जेलभित्र प्रहरीले मेसमा सामूहिक खाना खुवाउँछ । कोठामा हावा र प्रकाशको स्थिति जेलमा पनि हिरासतको जस्तै छ । खेलकुद, व्यायामशाला, औपचारिक शिक्षा, साक्षरता, पुस्तकालय, सिपमूलक काम गर्ने अवस्था छैन ।

कम उमेरका कैदी पनि एकै ठाउँमा राखिएका छन् । गुनासो सुनुवाइ गर्ने संयन्त्र छैन । दैनिक सिदा खर्च बढाएर ६० रूपैयाँ दिने गरिए पनि महँगी थेग्न सक्ने अवस्था छैन । आफन्त र कानुन व्यवसायीसँग भेटघाटका लागि अलग कोठा नहुँदा गोपनीयता भंग हुने अवस्थासमेत प्रतिवेदनले औंल्याएको छ ।

‘वर्तमान कारागारको व्यवस्थापन, कारागार र हिरासतको भौतिक संरचना, त्यहाँबाट प्राप्त हुने सेवा सुविधा एवं त्यहाँ गरिएका व्यवस्थाले कैद भुक्तान गरी निस्कँदा उनीहरूलाई समाजमा पुनस्थापित हुन सक्ने देखिंदैन,’ जेल र हिरासत सुधारमा सरकारलाई सुझाव दिँदै प्रतिवेदनले भनेको छ, ‘राज्यले स्रोत र साधनले धान्न सक्ने गरी कारागार र हिरासत सुधार कार्ययोजना निर्माण गरी कार्यान्वयन नगरेसम्म उल्लेखित समस्याको समाधान हुने देखिंदैन ।’

समस्या समाधानका लागि तत्काल र दीर्घकाल सुधारमा सरकारलाई २९ बुँदे सुझावसमेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.