१० वर्षपछि दुुधाैलीमा विद्युुत् काउन्टर
सिन्धुुली : विद्युुत् सेवा विस्तार माग गरेको दश वर्षपछि बल्ल सिन्धुुलीको दुुधौलीमा विद्युुत् काउन्टर सञ्चालनमा आएको छ । नेपाल विद्युुत् प्राधिरकण सिन्धुुली शाखाले वितरण गर्दै आएको विद्युुत् महसुुल संकलन गर्न दुुधौली नगरपालिकामा सोमबारबाट पहिलोपटक महसुुल संकलन काउन्टर सञ्चालनमा आएको हो ।
विद्युुत् सेवा सञ्चालन भएको ११ वर्षपछि त्यस क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी स्थानीयस्तरमै काउन्टर सञ्चालन आएको प्राधिकरण शाखाका प्रमुुख खिलानाथ अर्यालले बताए । जिल्लाको भिमान हुुँदै दुुधौलीसम्म २०६४ सालमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको थियो ।
गाउँमा विद्युुत् सेवा विस्तार भएपछि निकै खुुसी देखिएका उपभोक्ता ८० रुपैयाँ महसुुल बुुझाउन भने दश वर्षदेखि जिल्ला सदरमुुकाम माढीस्थित प्राधिकरण शाखामा आउँदा एक हजारभन्दा बढी खर्च गर्नुु पर्ने बाध्यतामा थिए ।
‘तर, सोमबारबाट उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै महसुुल संकलनका लागि काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ’, उनले भने । प्राधिकरणको भिमान सबस्टेसनदेखि दुुधौलीसम्म झन्डै आठ हजार उपभोक्ता छन् ।
‘उनीहरूबाट संकलन गरिने लाखौं रुपैयाँ महसुुल रकम अव धुुलौली काउन्टरबाटै संकलन गरिन्छ’, उनले थपे ।
यसअघि प्राधिकरणले त्यस क्षेत्रका उपभोक्ताको महसुुल संकलन गर्न कर्मचारी खटाउँदा लाखौं रुपैयाँ रकम सुुरक्षित जिल्लासम्म ल्याउन कार्यालयलाई समस्या हुुने र जिल्लामै आएर रकम तिर्दा उपभोक्ताको खर्च धेरै हुुने बाध्यता थियो ।
प्राधिरकरणको नियमनुुसार हरेक महिना विद्युुत् महसुुल काउन्टरमै पुुगेर जम्मा गर्नुुपर्ने हुुन्छ । समयमा महसुुल नतिर्नेलाई जरिवाना गर्ने र लाइनसमेत काटिदिने गरेपछि स्थानीयहरू हरेक महिना गाडी चढेर विद्युुत् महसुुल तिर्न सदरमुुकाम आउने गरेका थिए ।
विद्युुत् महसुुल तिर्न बसमा आउँदा जाँदा चार सय ५० रुपैयाँ भाडा, आएको बस बेलुुका नफर्कने भएपछि एक रात सदरमुुकाममै बास बस्नुु पर्ने हुुँदा होटल र यातायातको खर्च हिसाब गर्दा महिनामा ८० रुपैयाँ तिर्न एक हजार रुपैयाँ खर्च हुुने गरेको थियो ।
तर, नगरभित्रै महसुुल बुुझाउन काउन्टर सञ्चालनमा आएपछि स्थानीयलाई धेरै राहात पुुगेको दुुधौली नगरपालिका २ हत्पतेकी पार्वती दाहालको भनाइ छ ।
‘गाउँका मान्छेले साँझमा मात्र विद्युुत् उपभोग गर्ने भएकाले प्रायको घरमा ८० रुपैयाँभन्दा धेरै महसुुल उठ्दैन् । यो न्युुनतम महसुुल हो । तर, त्यही महसुुल तिर्न सदरमुुकाम जाँदा हजारबढी खर्च गर्नुु पर्ने बाध्यताको अन्त भएको छ । गाउँमै काउन्टर सञ्चालनमा आएपछि स्थानीय निकै खुुसी भएका छन्’, उनले थपिन् ।
‘स्थानीयले भोग्नुु परेको समस्यालाई समाधान गर्न करिब दश वर्षदेखि हरेक महिना गर्दै आएको गुुनासोलाई सम्बोधन गरिएको प्राधिकरण शाखाका प्रमुुख अर्यालको दाबी छ । सुुरक्षाको ग्यारेन्टी, दक्ष कर्मचारी, उचित प्राविधिको व्यवस्थापन तथा कार्यलयमा बजेट अभाव हुुँदा स्थानीयले वर्षाैंदेखि राख्दै आएको मागलाई यसअघि पूरा गर्न सकिएको थिएन्’, अर्यालको भनाइ छ । स्थानीय उपभोक्तालाई लक्ष्य गरी सञ्चालनमा आएको काउन्टर विस्तारै विकास गर्दै ई–बैंकिङ सेवा सञ्चालन गर्नेसम्मको आफुुले योजना बनाएको उनको भनाइ छ ।
नेपाल विद्युुत् प्राधिकरण शाखा सिन्धुुलीका अनुुसार जिल्लामा जम्मा १९ हजार पाँच सयभन्दा बढी विद्युुत् ग्राहक छन् ।
अर्यालकै पहलमा केही समयअघि भिमान सबस्टेसनमा काउन्टर सञ्चालनका साथै ई–सेवासमेत सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय मरिण, सुुनकोसी, हरिहरपुुर, घ्याङलेक र तीनपाटन गाउँपालिकामा विद्युुत् सेवा विस्तारपछि त्यस क्षेत्रका उपभोक्त पनि महसुुल बुुझाउन जिल्ला सदरमुुकाम आउनुुपर्ने बाध्यता छ । उनीहरूका लागि पनि प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरेर काउन्टर स्थापना गर्न आफूले पहल गरिरहेको उनले सुुनाए । आगामी वर्षबाट काउन्टर सञ्चालन गर्ने गरी मरिण गाउँपालिकाको कपिलाकोट र तीनपाटन गाउँपालिकाको भिमस्थानमा काउन्टरका लागि कार्यालय व्यवस्थापनको काम भने थालिएको बताइएको छ ।