जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

रामेछाप : जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि बुधबार राति  सवा नौ बजेतिर निवासमा सुतिरहेको बेलामा छुरा प्रहार भएको छ। मन्थली- १ मच्छेडाँडीमा रहेका सुवेदीको घरमा परिवारका अरू सदस्य अन्य कोठामा रहेको बेलामा घटना भएको हो। सुवेदीको पेटमा छुरा प्रहार भएको छ। 

तत्कालै उद्दार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएका सुवेदीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। सुवेदीको रातिनै शल्यक्रिया भएको छ। अस्पतालले आन्द्रा काटिएको जनाएका छन्। उनी खतरामुक्त रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

फेसबुक चलाएर बसिरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले उनलाइ छुरा प्रहार गरेको थियो। सुवेदीलाई प्रहार गरेको छुरा फेला परेको परिवारजनले जनाएका छन्। माथिल्लो तलामा रहेका सुवेदीलाइ छुरा प्रहार गर्ने व्यक्ती बरन्डाबाट हामफालेर फरार भएको घाइते सुवेदीले बताएका छन्।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.