गुट्खा फ्याक्ट्रीमा प्रहरीको छापा

गुट्खा फ्याक्ट्रीमा प्रहरीको छापा

काठमाडौं : लाखौं राजश्व छलेर गुट्खा उत्पादन गर्दै आएका पाँचवटा गुट्खा फ्याक्ट्रीमा प्रहरीले छापा मारेको छ । शुद्ध प्लस, करेन्ट प्लस, पराग लगायतका ब्राण्ड कपी गरेर गुट्खा उत्पादन गरी बजारमा बिक्री गरेको आरोपमा प्रहरीले छापा मारेको हो।

नागढुंगामा सामान जाँच गर्दा लाखौं रुपैंयाको गुट्खा फेला परेपछि प्रहरी उत्पादन हुने ठाउँसम्म पुगेको हो। महानगरीय प्रहरी वृत्त थानकोटले गाडी नियन्त्रणमा लिएपछि उत्पादन हुने फ्याक्ट्री देखाउन चालकलाई लिएर घुमेको थियो । 

खोज्ने क्रममा बालाजुको नोलाङ, कालीमाटी, चमती, सीतापाइलामा गुट्खा फ्याक्ट्री फेला परेको छ। वृत्तका डिएसपी नवरत्न पौडेलले गुट्खा फ्याक्ट्री पत्ता लगाउन अपरेशनको लीड गरेका थिए।

लाखौं रुपैंया राजश्व छलीका लागि अरुको ब्राण्ड चोरी गरि गुट्खा उत्पादन गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले समेत जरैसम्म पुगेर अनुसन्धान गर्न पौडेललाई निर्देशन दिएपछि गुट्खा उत्पादन गर्ने कारखाना सिल गर्न प्रहरी सफल भएको हो। 

एसएसपी लामाले भने,‘ सरकारलाई बुझाउनुपर्ने राजश्व छली गरेर गुट्खा उत्पादन भएको सूचना आएपछि सुष्म अनुसन्धान गर्दा पाँच वटा फ्याक्ट्री फेला प¥यो। अन्यको खोजी भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.