अवैधरुपमा बालुवा अोसार्दै गरेका दुई ट्याक्टर नियन्त्रणमा
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका- ५ र केरावारी गाउँपालिका- २ बाट प्रहरीले खोलाबाट अवैध रुपमा बालुवा ओसार्न प्रयोग गरिएका दुईवटा ट्याक्टरलाई बुधबार साँझ नियन्त्रणमा लिएको छ।
सुन्दरहरैंचास्थित गछिया खोलाबाट को १ त ५४२३ र केरावारीस्थित खदम खोलाबाट को १ त ८१२० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नदीजन्य पदार्थ निकालेर अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीलाई देखेपछि ट्याक्टर छाडेर चालक भने फरार भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार दुबै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बिहीबार जिल्ला समन्वय समिति मोरङमा बुझाइएको छ।