कर वृद्धिविरुद्ध टोल-टोलमा कांग्रेसको आन्दोलन

कर वृद्धिविरुद्ध टोल-टोलमा कांग्रेसको आन्दोलन

धरान : धरान उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेपाली कांग्रेसले टोलटोलमा करविरुद्धको आन्दोलन सुरु गरेको छ। कर वृद्धि गरिएको विषयमा कांग्रेस धरानले बिहीबारदेखि टोलटोलमा आन्दोलन सुरु गरेको हो। 

कर वृद्धि फिर्ताको माग गर्दै उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीलाई हप्तादिनको अल्टिमेटम दिएको कांग्रेसले कर वृद्धि फिर्ता नहुने छाटकाट देखेपछि आन्दोलनलाई थप शसक्त बनाउन टोलटोलमा कर वृद्धि विरुद्धको आन्दोलन सुरु गरेको कांग्रेस धरानका सभापति तिलक राईले बताए।

उनले जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर फिर्ता नभए कांग्रेस धरानले उपमहानगरपालिका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। कांग्रेस धरानले बिहीबारदेखि धरान १८ बुद्ध चोकबाट कर विरुद्धको आन्दोलनस्वरुप हस्ताक्षर अभियान र कोणसभा आयोजना गरी विरोध सुरु गरेको हो।

उपमहानगरपालिकाले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्तामा समेत कर वृद्धि गरेको भन्दै कांग्रेस धरानले आपत्ति जनाएको छ। धरानका- २ वडामध्ये १५ वडाको प्यानलसहित मेयर र उपमेयर  पदमा विजयी हांसिल गरेको नेकपाका जनप्रतिनिधिले बहुमतको आडमा विभिन्न शीर्षकमा कर वृद्धि गरी जनतालाई भार पारेको कांग्रेस धरानका सचिव युवराज शंकरले बताए।

धरान उपमहानगरपालिकाले घरनक्सा, नागरिकता सिफारिस, मालपोत कर, घर बहाली कर लगायतका शीर्षकको करमा भारी रकम वृद्धि गरिएकाले त्यसको विरुद्ध कांग्रेसले आन्दोलन सुरु  गरेको उनको भनाई छ।


 
त्यस्तै नेपाल महिला संघ धरानले पनि कर वृद्धिको विरोध गर्दै र्‍याली निकालेको छ। बिहीबार  धरानको छाता चोकबाट सुरु भएको र्‍याली महेन्द्रपथ कलेज रोड हुँदै भानु चोकमा आएर कोण सभामा परिणत भएको थियो। कोण सभामा महिला नेतृहरुले धरान उपमहानगरपालिकाले वृद्धि गरेको कर तत्काल फिर्ता गर्न माग गरेका छन्। 

कांग्रेसले जितेका वडामा निःशुल्क सिफारिस

धरान उपमहानगरपालिकाका पाँच वडामा निःशुल्क सिफारिस दिन सुरु गरिएको छ। कांग्रेसका उमेद्वारले विजयी हाँसिल गरेको धरान उपमहानरपालिकाको  १, २, ५, १४ र १८ नम्बर वडामा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिस निशुल्क गरिएको धरान वडा नम्बर २ का सदस्य धर्म तामाङले बताए।

नेकपमाको बहुमत रहेको धरान उपमहानगरपालिकामा करमा भारी वृद्धि गरिएको भन्दै कांग्रेस धरानको निर्देशनमा पार्टीका उमेद्वारले जितेका वार्डमा निर्देशन दिइ निशुल्क सिफारिस गरिएको बुझिएको छ। 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.