१० वर्षको कसरतपछि विद्युुत् काउन्टर
सिन्धुुली : विद्युुत् सेवा विस्तार माग गरेको १० वर्षपछि सिन्धुुलीको दुधौलीमा विद्युुत् काउन्टर सञ्चालनमा आएको छ। नेपाल विद्युुत् प्राधिकरण सिन्धुुली शाखाले वितरण गर्दै आएको विद्युुत् महसुुल संकलन गर्न दुधौली नगरपालिकामा सोमबारबाट पहिलोपटक महसुुल संकलन काउन्टर सञ्चालनमा आएको हो।
विद्युुत् सेवा सञ्चालन भएको ११ वर्षपछि त्यस क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी स्थानीयस्तरमै काउन्टर सञ्चालनमा आएको प्राधिकरण शाखाका प्रमुुख खिलानाथ अर्यालले बताए। जिल्लाको भिमान हुुँदै दुुधौलीसम्म २०६४ सालमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको थियो।
गाउँमा विद्युुत् सेवा विस्तार भएपछि निकै खुुसी देखिएका उपभोक्ता ८० रुपैयाँ महसुुल बुुझाउन दश वर्षदेखि जिल्ला सदरमुुकाम माढीस्थित प्राधिकरण शाखामा आउँदा एक हजारभन्दा बढी खर्च गर्नुुपर्ने बाध्यतामा थिए।
‘तर, सोमबारबाट उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै महसुुल संकलनका लागि काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ’, उनले भने। प्राधिकरणको भिमान सबस्टेसनदेखि दुुधौलीसम्म झन्डै आठ हजार उपभोक्ता छन्।
‘उनीहरूबाट संकलन गरिने लाखौं रुपैयाँ महसुुल रकम अव धुुलौली काउन्टरबाटै संकलन गरिन्छ’, उनले थपे।
यसअघि प्राधिकरणले त्यस क्षेत्रका उपभोक्ताको महसुुल संकलन गर्न कर्मचारी खटाउँदा लाखौं रुपैयाँ रकम सुुरक्षित जिल्लासम्म ल्याउन कार्यालयलाई समस्या हुुने र जिल्लामै आएर रकम तिर्दा उपभोक्ताको खर्च धेरै हुुने बाध्यता थियो।
प्राधिकरणको नियमानुुसार हरेक महिना विद्युुत् महसुुल काउन्टरमै पुुगेर जम्मा गर्नुुपर्ने हुुन्छ। समयमा महसुुल नतिर्नेलाई जरिवाना गर्ने र लाइनसमेत काटिदिने गरेपछि स्थानीयहरू हरेक महिना गाडी चढेर विद्युुत् महसुुल तिर्न सदरमुुकाम आउने गरेका थिए।
विद्युुत् महसुुल तिर्न बसमा आउँदा जाँदा चार सय ५० रुपैयाँ भाडा, आएको बस बेलुुका नफर्कने भएपछि एक रात सदरमुुकाममै बास बस्नुु पर्ने हुुँदा होटल र यातायातको खर्च हिसाब गर्दा महिनामा ८० रुपैयाँ तिर्न एक हजार रुपैयाँ खर्च हुुने गरेको थियो।
तर, नगरभित्रै महसुुल बुुझाउन काउन्टर सञ्चालनमा आएपछि स्थानीयलाई धेरै राहात पुुगेको दुुधौली नगरपालिका २ हत्पतेकी पार्वती दाहालको भनाइ छ।
विद्युुत् सेवा सञ्चालन भएको ११ वर्षपछि मात्रै स्थानीयस्तरमै काउन्टर सञ्चालनमा आएको हो।
‘गाउँका मान्छेले साँझमा मात्र विद्युुत् उपभोग गर्ने भएकाले प्रायको घरमा ८० रुपैयाँभन्दा धेरै महसुुल उठ्दैन्। यो न्यूनतम महसुुल हो। तर, त्यही महसुुल तिर्न सदरमुुकाम जाँदा हजारभन्दा बढी खर्च गर्नुु पर्ने बाध्यताको अन्त भएको छ। गाउँमै काउन्टर सञ्चालनमा आएपछि स्थानीय निकै खुुसी भएका छन्’, उनले थपिन्।
‘स्थानीयले भोग्नुु परेको समस्यालाई समाधान गर्न करिब १० वर्षदेखि हरेक महिना गर्दै आएको गुुनासोलाई सम्बोधन गरिएको प्राधिकरण शाखाका प्रमुुख अर्यालको दाबी छ। सुुरक्षाको ग्यारेन्टी, दक्ष कर्मचारी, उचित प्राविधिको व्यवस्थापन तथा कार्यालयमा बजेट अभाव हुुँदा स्थानीयले वर्षाैंदेखि राख्दै आएको मागलाई यसअघि पूरा गर्न सकिएको थिएन’, अर्यालको भनाइ छ। स्थानीय उपभोक्तालाई लक्ष्य गरी सञ्चालनमा आएको काउन्टर विस्तारै विकास गर्दै ई–बैंकिङ सेवा सञ्चालन गर्नेसम्मको आफूले योजना बनाएको उनको भनाइ छ।
नेपाल विद्युुत् प्राधिकरण शाखा सिन्धुुलीका अनुुसार जिल्लामा जम्मा १९ हजार पाँच सयभन्दा बढी विद्युुत् ग्राहक छन्।
अर्यालकै पहलमा केही समयअघि भिमान सबस्टेसनमा काउन्टर सञ्चालनका साथै ई–सेवासमेत सञ्चालनमा ल्याइएको छ। पछिल्लो समय मरिण, सुुनकोसी, हरिहरपुुर, घ्याङलेक र तीनपाटन गाउँपालिकामा विद्युुत् सेवा विस्तारपछि त्यस क्षेत्रका उपभोक्ता पनि महसुुल बुुझाउन जिल्ला सदरमुुकाम आउनुुपर्ने बाध्यता छ। उनीहरूका लागि पनि प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरेर काउन्टर स्थापना गर्न आफूले पहल गरिरहेको उनले सुुनाए। आगामी वर्षबाट काउन्टर सञ्चालन गर्ने गरी मरिण गाउँपालिकाको कपिलाकोट र तीनपाटन गाउँपालिकाको भिमस्थानमा काउन्टरका लागि कार्यालय व्यवस्थापनको काम भने थालिएको बताइएको छ।