‘छोरा फुटबलर बनोस्’

‘छोरा फुटबलर बनोस्’

लन्डन : पछिल्लो पुस्ताका महान् फुटबलरमध्ये मानिएका क्रिस्टियानो रोनाल्डोले आफूले छोरा क्रिस्टियानो जुनियर पनि फुटबलर बनोस् भन्ने चाहेको बताएका छन् । यद्यपि त्यसका लागि आफूले दबाब भने नदिने रोनाल्डोले स्पष्ट पारेका छन् ।

पोर्चुगिज फुटबलर रोनाल्डोका दुई छोरा र दुई छोरी गरी चार नानी छन्, तीमध्ये जुम्ल्याहासहित तीन नानी सेरोगेसी (अर्काको कोख किनेर) र सबैभन्दा कान्छी छोरी आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजबाट जन्मिएका हुन् । तीमध्ये जेठो छोरो क्रिस्टियानो जुनियर आठ वर्षको पुगिसकेका छन् । विभिन्न अवसरमा क्रिस्टियानो जुनियरले फुटबलको राम्रो कलासमेत प्रस्तुत गर्ने गरेका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन टोली युभेन्टस पुगेका रोनाल्डोले सोही विषयमाथि राखिएको जिज्ञासा मेटाउने क्रममा छोरा क्रिस्टियानो जुनियर फुटबलर बनोस् भन्ने चाहेको स्वीकारेका हुन् ।

‘हो म क्रिस्टियानो जुनियर पनि भविष्यमा फुटबलर नै बनून् भन्ने चाहन्छु’, रोनाल्डोले भनेका छन्, ‘यद्यपि त्यसका लागि म उनीमाथि दबाब दिन भने सक्दिनँ । आफैंले चाहना गरेको अवस्थामा भने उनी भविष्यमा फुटबलर बन्न सक्छन् ।’

रोनाल्डोले आफू पनि बाल्यकालमा क्रिस्टियानो जुनियरजस्तै रहेको र उनको पनि भविष्यमा फुटबलर बन्नसक्ने सम्भावना रहेको पनि स्पष्ट पारेका छन् । ‘क्रिस्टियानो जुनियर साँच्चिकै प्रतिस्पर्धी छन् । उनलाई पराजय मन पर्दैन । उनको र मेरो बाल्यकालको व्यवहार पनि उस्तै छ’, एक इटालियन म्यागजिनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्, ‘उनी भविष्यमा पनि मजस्तै रहने छन् । त्यसैले भविष्यमा फुटबलर बन्ने उनको सम्भवना छ ।’

रोनाल्डोले आफूले छोरा क्रिस्टियानो जुनियरलाई समय पाएसम्म सिकाउने पनि गरेको बताएका छन् । ‘म उनलाई फुटबलको केही नयाँ कुरा सिकाउन चाहन्छु । उनलाई आवश्यक परेका सबै कुरा उपलब्ध गराइदिएको छु । मैले उनलाई सधैं सहयोग र समर्थन गर्दै आइरहेको छु’, रोनाल्डोले भनेका छन्, ‘किनभने म उनी भविष्यमा फुटबलर बनेको हेर्न चाहन्छु, त्यसका लागि उनीसँग क्षमता पनि छ । उनीसँग त्यो इच्छाशक्ति छ । उनीसँग राम्रो शरीर छ । उनी बलसँग छिटो पनि छन् । उनीसँग कला छ । राम्रोसँग बल प्रहार गर्न सक्छन् ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.