अदालतमा दोभाषे सेवा लिने कम

अदालतमा दोभाषे सेवा लिने कम

नेपालगंज : बाँके जिल्ला अदालतबाट थोरै व्यक्तिले मात्र दोभाषे सेवा लिएका छन् । विगत चार वर्षको अवधिमा यो सेवा १७ जनाले मात्र लिएको अदालतले जनाएको छ । भाषिक विविधताको जिल्ला भएकाले न्याय सम्पादनमा प्रभाव नपरोस् भनेर आर्थिक वर्ष ०७२÷०७३ मा दोभाषेको व्यवस्था पनि गरिएको थियो ।

३० असार ०७३ मा हिन्दी भाषी समुधरी लोनियाले पहिलो सेवा लिएको अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए । उनका अनुसार आव ०७२÷७३ मा तीन हजार ६ सय ४२ मुद्दा परेकोमा एक जनाले लोनियाले मात्र हिन्दी भाषाका लागि दोभाषे सेवा लिएकी हुन् । यो वर्ष दुई हजार तीन सय २२ मुद्दा फैसला भयो भने एक हजार तीन सय २० मुद्दा बाँकी रह्यो ।

आव ०७३/७४ यो सेवा लिनेको संख्या आठ जना पुग्यो । उनीहरुले उर्दू, थारु र हिन्दी भाषाको लागि दोभाषे लिएका थिए । यो वर्ष अदालतमा तीन हजार सात सय ९१ मुद्दा परेका थिए । दुई हजार एक सय ५४ फैसला भए भने एक हजार ६ सय ३७ बाँकी रहे । आव ०७४÷७५ मा अघिल्लो वर्षभन्दा एकजना कम सात जनाले मात्र दोभाषे सेवा लिएको अदालतको रेकर्डमा उल्लेख छ । यो वर्ष अदालतमा परेका ४ हजार एक सय ८१ मुद्दामध्ये दुई हजार दुई सय ६६ मुद्दा फैसला भएको थियो भने दुई हजार एक सय १५ मुद्दा बाँकी रहेका थियो ।

आव ०७५/७६ को साउनमा एक जनाले थारुले दोभाषे सेवा लिएका छन् । राष्ट्रिय जनगणनाको रिपोर्ट अनुसार जिल्लामा सबैभन्दा धेरै अवधि भाषी बोल्ने छन् । त्यसपछि क्रमशः नेपाली थारु, उर्दू, हिन्दी र नेपाल भाषाका गरी ३७ भाषा बोल्ने ब्यक्तिको वसोवास छ । ‘न्याय सम्पादनमा भाषा वाधक नबनोस् भनेर सेवा सुरु गरिए पनि सेवाग्राहीलाई आकर्षित गर्न सकिएको छैन् । अदालतका सूचना अधिकारी गिरी भन्छन्, ‘चार वर्षको अवधिमा सबैभन्दा बढी हिन्दी भाषाका १० जनाले सेवा लिएका छन् । त्यसपछि उर्दू भाषाका ४ र थारु भाषाका ३ जनाले सेवा पाएका छन् । अदालतमा व्यवस्था भए पनि अवधि, अंग्रेजी र सांकेतिकभाषाको सेवा कसैले लिएका छैनन् ।’

अदालत परिसरमा ६ वटा भाषा (अवधि, उर्दू, थारु, हिन्दी, अंग्रेजी र सांकेतिक) का ८ जना दोभाषे को फोन नम्बरसहितको सूची टाँगिएको छ । सूचीमा एकै व्यक्तिले तीन भाषाको सेवा दिनसक्ने उल्लेख छ । दोभाषे हरु भने अदालतले सेवाबारे सेवाग्राहीलाई बुझाउन नसकेको बताउँछन् ।

‘अधिकांशलाई दोभाषेको सहयोग चाहिन्छ । कानुनले पनि लिन पाउने व्यवस्था गरेको छ तर लिँदैनन्’, हिन्दी र अवधिका अनुवादक अधिवक्ता विश्वजीत तिवारी भन्छन्, ‘भाषाकै कारण आपूmविरुद्ध के मुद्दा परेको छ भन्नेसम्म पनि कतिलाई थाहा हुँदैन । थाहा नभएकै कारण निर्दोष पनि सजायको भागिदार हुनसक्छ । त्यसैले दोभाषे सेवा अनिवार्य छ, हुनुपर्छ ।’

यो सेवा लिन कुनै गाह्रो भने छैन । सेवाग्राहीले माग गर्ने बित्तिकै अदालतले तुरुन्तै दोभाषेको व्यवस्था गर्ने जनाएको छ । यस्ता दोभाषेले एक दिन अनुवादकको काम गरेवापत एक हजार पारि श्रमिक पनि पाउँछन् । त्यो पनि सर्वोच्च अदालतले जिल्ला अदालतमार्फत उपलब्ध गराउँछ । सेवाग्राहीले कुनै शुल्क तिर्नु पर्दैन । जिल्ला अदालतका अनुवादकलाई अहिलेसम्म पारि श्रमिक भने उपलब्ध गराइएको छैन । अदालतका सूचना अधिकारी गिरीले उक्त रकम सर्वोच्च अदालतसँग माग गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.