महेन्द्रनगरमा कर्फ्यू यथावत, सर्वदलीय बैठक सुरु
महेन्द्रनगर : महेन्द्रनगरमा बिहानदेखि सर्वदलीय बैठक सुरु भएको छ । जिल्ला सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा मानव अधिकारकर्मी उपस्थित भई अहिले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहेको छ । हिजोदेखि लागेको कर्फ्यू भने यथावत रहेको छ ।
महेन्द्रनगर बजार सुनसान छ । १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि महेन्द्रगर तनावग्रस्त बनेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा एक मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई प्रहरीले पक्राउ गरी वास्तविक दोषी उम्काउन खोजेको आरोपमा स्थानीयहरु आन्दोलनमा छन्।
यसैबीच शुक्रबार गोली लागि मृत्यु भएका भीमदत्त नगरपालिका(१८ भगतपुर घर भएका सन्नी खुनाका परिवारले दोषिलार्इ कारवाहीको माग गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयका कर्मचारीसमेत रहेका सन्नीका बुवा बिरु खुनाले छोरालार्इ सहिद घोषणा गर्नुपर्ने मग गरे ।