बालिका हत्याको चौतर्फी विरोध, महेन्द्रनगरमा प्रदर्शन
महेन्द्रनगर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बलात्कारपछि बालिकाको हत्या गरिएको घटनाको चौतर्फी विरोध भएको छ । घटनाको राजनीतिक दल, संघसंस्था एवं सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी सजाय दिनुपर्ने माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले बलात्कारका घट्ना बढेको भन्दै बलात्कारीलाई फाँसीको सजाय हुने कानुन निर्माण गर्नुपर्ने माग उठाएका हुन् ।
१३ वर्षीया बालिकाको दिनदहाडै बलात्कारपछि हत्या गरिएको भन्दै अहिलेसम्म अपराधी पक्राउ नपरेको भन्दै तत्काल अपराधी पत्ता लगाउन माग गरेको हो । प्रदर्शनका क्रममा स्थानीय सरकार र प्रहरी प्रशासनविरुद्व नाराबाजी गरेको कांग्रेसले भीमदत्त नगरपालिका परिसर बाहिर टायर बालेर प्रदर्शन गरेका थिए ।
बलात्कारपछि बालिकाको हत्यामा संलग्नहरुको तत्काल खोजी र कारबाही गर्नुपर्ने भन्दै नगरे कडा आन्दोलनमा जाने कांग्रेस कञ्चनपुरले चेतावनी समेत दिएको छ । उनीहरुले हत्या भएको क्षेत्रमा प्रहरी चौकी स्थापना गर्नुपर्ने, हत्यारालाई तत्काल पक्राऊ गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस !