स्थानीय तहमा भ्रष्टाचार : अख्तियारमा उजुरीका चाङ

स्थानीय तहमा भ्रष्टाचार : अख्तियारमा उजुरीका चाङ

 

  • दुई हजार पाँच सय ६६ उजूरी
  • प्रदेश दुईमा सबैभन्दा बढी
  •  सडक–बाटोमा बढी अनियमितता
  •  मरेका मान्छेको नाममा पनि पैसा खाएको उजूरी

काठमाडौं : जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासहित नेतृत्वमा आएका स्थानीय तहका जनप्रतिनिधिको डेड वर्षे कार्यकाल उत्साहजनक बनेको देखिँदैन । यो छोटो अवधिमै तहका जनप्रतिनिधिले जनताको मन जित्नुको सट्टा बेथितिलाई प्रोत्सहान गरेको गुनासा आइरहेका छन् । तहका नेतृत्वकर्ता आफ्नै स्वार्थमा बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ ।

निर्वाचित भएर आएको छोटो अवधिमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई हजार पाँच ६६ वटा उजूरी परिसकेका छन् । यो तथ्यांकले एउटा स्थानीय तहमा चारवटाको अनुपातमा उजूरी परेको देखाउँछ । मुलुकभर ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी ७५३ वटा स्थानीय तह छन् ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालले निर्वाचन भएको एक वर्ष पनि नपुगेको प्रदेश २ बाट सबैभन्दा बढी उजुरी परेको जानकारी दिए । उनले भने, ‘देशैभरका स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितता सम्बन्धी उजूरी आइरहेको छ, त्यसमा पनि सबैभन्दा बढी प्रदेश २ बाट आएका छन् ।’

पर्साको धोविनी गाउँपालिकाका नायबसुब्बा एनामुल हक अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवले सडक ढलान र नाला निर्माणपछि सेवाग्राहीलाई चेक भुक्तानी दिन भुक्तानी अंकको १० प्रतिशत रकम घुस माग गरे । अख्तियार हेटौंडा कार्यालयले एक लाख १० हजार घुससहित पक्राउ उनीहरूलाई पक्राउ पनि गर्‍यो ।

कटारी नगरपालिका उदयपुरका लेखा अधिकृत रबीनचन्द्र ढकालमाथि झण्डै चार करोड अनियमितताको अभियोगमा अनुसन्धान भइरहेको छ । उनले तीन करोड ९८ लाख ३६ हजार ९८७ ले भ्रष्टाचार गरेको विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ ।

स्थानीय तहले कर्मचारी नियुक्तिमा पनि मनपरी गरिरहेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाले सार्वजनिक खरिद ऐन अनुसार सोझै नियुक्त गरेका १९ कर्मचारीको विवरण अख्तियारले लगेको छ । अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयले बढैयाताल गाउँपालिकामा छापा मारी कागजात लगेको हो । गाउँपालिका निवर्तमान कार्यकारी अधिकृत नारायण ढकालले अख्तियारले विवरण लिएर गएको पुष्टि गरे । केही दिन अघिमात्रै बारबर्दिया गाउँपालिका सरुवा भएका ढकालले भने, ‘हो, अख्तियारले नियुक्तिको फोटो कपी मागेर लागेको छ ।’ यी प्रतिनिधिमूलक घटना मात्र हुन् । स्थानीय तह भ्रष्टाचार अनियमितताको जंजालमा फसिररहेको छ ।

अख्तियार प्रवक्ता दंगाले विकास निर्माणमा भएको अनियमिता, भ्रष्टाचारको विषयमा बढी उजूरी परेको जानकारी दिए । ‘सडक, बाटो–घाटोमा बढी उजूरी परेका छन् । तालिम दिनसमेत अनियमितता भयो भनेर उजूरी परेको छ’, उनले भने, ‘एउटा आयोजनाका लागि आएको बजेट अर्कोमा लगाइयो भनेर पनि उजूरी परेका छन् ।’

उनका अनुसार काम गरेर खाएको, काम नै नगरी खाएको, न्यून गुणस्तर काम गरेको जस्ता उजूरी परेका छन् ।

प्रवक्ता दंगालका अनुसार समाजिक सुरक्षा भत्तामा समेत अनियमिता भएको उजूरी परेका छन् । मरेको मान्छेको नामको रकम समेत खाएको उजूरी परेको छ ।

‘मरेको मान्छेको पैसा खायो भनेर पनि उजुरी परेका छन’, उनले भने ।

‘उजूरी त धैरै नै आइरहेका छन्, तर हामीले ग्राभिटीका आधारमा अनुसन्धान गरिरहेका छौं’, उनले भने । जनताको पहँुच स्थानीय तहमा बढी हुँदा उजूरी अनुपात पनि धेरै भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.