पहिरोले आगन बगाएपछि दुई परिवार विस्थापित

पहिरोले आगन बगाएपछि दुई परिवार विस्थापित

ओखलढुंगा : सोलुखुम्बुमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । जिल्लाको लिखुपिके गाउँपालिका–५, भकाञ्जेमा पहिरोले घरको आगनसमेत बगाएपछि उनीहरु विस्थापित भएका हुन् । विस्थापित हुनेमा  सुब्बा थामी र सुकवीर थामी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले घर नै जोखिममा परेपछि अहिले आफन्तकोमा बस्दै आएको पीडित सुकवीर थामीले बताए । घर आसपासबाट पानीको मुल निस्केर पहिरो गएको उनले उनले जानजकारी दिए । पहिरोले घरको वरपर, दलान आँगन समेत चिरा चिरा परेपछि उनीहरु विस्थापित भएका हुन् । 

लिखुपिके गाउँपालिका–५ का अध्यक्षले पहिरो रोकथामका लागि गाउँपालिकासँग छलफल गरेर काम थालिने बताए। गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिबाट पीडितलाई सहयोग गरिने उनले जनाए । पहिरो रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले १० थान जाली उपलब्ध गराएको जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.