डुबेर बालिकाको मृत्यु
विराटनगर : मोरङको कटहरी गाउँपालिका–२ मा एक बालिकाको पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । रामप्रसाद राजवंशीकी दुई वर्षीय छोरी नैना राजवंशीको घर नजिकै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी जमेको खाल्डोमा खसेर डुबेपछि बालिका घाइते भएकी थिइन् । घाइते भएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ल्याने क्रममा बालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।