एकलाख ७१ हजार रुपैयाँसहित जुवाडेका दुई समूह पक्राउ

एकलाख ७१ हजार रुपैयाँसहित जुवाडेका दुई समूह पक्राउ

भक्तपुर: भक्तपुर प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा दुई समूहलाई फरक फरक ठाउँबाट एक लाख ७१ हजार ६ सय ४५ रुपैयाँसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ स्थित मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले घरको भुर्इँ तलामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणामा लिएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जुवातास खेल्दै गरेको अवस्थामा काभ्रेको बनेपा–१ बस्ने ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेकै तिमाल गाउँपालिका–३ बस्ने ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुरको चाँगुनारायण नपा–९ बस्ने ६० वर्षीय हरिबहादुर थापा, ४१ वर्षीय रवीन्द्र साखकर्मी र ४१ वर्षकै केदार साखकर्मी तथा चाँगुनारायण नपा–८ बस्ने ५५ वर्षीय बलदेव घोरासैनी पक्राउ परेको जानकारी दिए ।

उनका अनुसार प्रहरीले उनीहरुको साथबाट ८६ हजार सात सय २० रुपैयाँ र नौ बुक ताससमेत बरामद गरेको छ । त्यस्तै सूर्यविनायक नपा–८ सूर्यविनायकस्थित विष्णु स्वनेपाको तीनतले पक्की घरको दोस्रो तलामा जुवातास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त घरमा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरु पक्राउ परेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

उनका अनुसार घरबेटी भक्तपुर नपा–१ सल्लाघारी बस्ने ४५ वर्षीय स्वनेपासँगै काभ्रेको रोशी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ पक्राउ परेका छन् ।

त्यस्तै काभ्रेकै नमोबुद्ध ९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछापको सुनपानी–४ बस्ने ३० वर्षी नरभान तामाङ, काभ्रेको मंगलटार–९ बस्ने ३९ को अनिश लामा, तिमाल ७ बस्ने २७ वर्षीय योगेन्द्र लामा र भक्तपुरको सूर्यविनायक नपा–८ बस्ने ३३ वर्षीय विशाल तामाङलाई पनि जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

प्रहरीले उनीहरुको साथबाट ८४ हजार नौसय २५ रुपैयाँसहित २१ बुक तास बरामद गरेको छ । उनीहरुमाथि म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.