बिम्स्टेककालाई सुन्दर बन्दै काठमाडौं
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि यत्तिबेला राजधानीलाई सुन्दर बनाउने काम भइराखेको छ । भदौ १४ र १५ गते काठमाडौंमा हुने शिखर सम्मेलनका लागि आउने पाहुनाको स्वागतका लागि सरकारले राजधानीलाई सुन्दर बनाउन लागेको हो । यही क्रममा आइतबार राजधानीको तीनकुनेस्थित खाली जग्गालाई सुन्दर तस्बिरले ढाक्दै महानगरका कर्मचारी । तस्बिर : सुनिता डंगोल