प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता  सम्पन्न

प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता  सम्पन्न

युएइ : नेवाः पुचः युएईले  स्थापनाको १५ औं वर्षको उपलक्ष्यमा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिताको आयोजना गरेको छ । युएईमा रहेका १८ वटा भलिबल टिम सम्मिलित उक्त प्रतियोगिता सम्पन्न भएको आयोजक आयोजक नेवाः पुचः युएई का महासचिब कुमार बलामी ले जानकारी दिए । 

प्रतियोगिताको खेल संयोजक हिरालाल श्रेष्ठ रहनु भएको थियो भने उपसंयोजक मा  रवी शाही र राजेश प्रधान रहनु भएको थियो । यसै गरी पुचः को अबुधाबी समितिबाट  सुनिल मान श्रेष्ठ,  राहुल श्रेष्ठ, राजेश श्रेष्ठ,  मनोज कुमार सैंजुको तथा शारजाह समितिबाट मनोज प्रसाद श्रेष्ठ, प्रेम श्रेष्ठको विषेश भूमिका रहेको थियो भने खेल सम्पन्न गर्न पुचः का कोषाध्यक्ष अर्जुन श्रेष्ठ, महिला प्रमुख श्रीमती कामना श्रेष्ठ, सदस्य  अनिल जोशी, नविना शाक्य, गोपाल महर्जन, प्रमिला श्रेष्ठ, निश्मा श्रेष्ठ, निरु श्रेष्ठ, न्हुच्छे बहादुर सुवाल श्रेष्ठ, सुभाष श्रेष्ठ, नविन श्रेष्ठ, रिता शाही, सुधीर श्रेष्ठ तथा समीर श्रेष्ठको पनि अथक मिहिनेत रहेको थियो ।


प्रतियोगिता नेपाल भलिबल क्लब, अबुधाबिले जितेको थियो भने बाग्लुङ्ग सेवा समाज टिम ए रनर अप बनेको थियो । प्रतियोगितामा प्रथम हुने नेपाल भलिबल क्लबले ३५०० दिराम नगदका साथमा पदक, प्रमाणअपत्र तथा ट्रफी उचालेको थियो भने रनर अप बाग्लुङ्ग सेवा समाज टिम ए ले २५०० दिराम नगदका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगिताको बेष्ट प्लेयर उपाधी  बाग्लुङ्ग सेवा समाजका  बेलु थापाले पाउनु भएको थियो भने बेष्ट स्म्यासर नेपाल भलिबल क्लबका झोम थापा र बेष्ट डिफेन्डर नेपाल भलिबल क्लबकै  महेन्द्र श्रेष्ठले प्राप्त गरेका थिए । 

भलिबल प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम भण्डारी,  ईश्वर घमाल,प्रेम शाही,  डायमण्ड बस्नेत,  अमृत गुरुङ्ग,  भीषण गुरुङ्ग, श्री बिष्णु कुमार श्रेष्ठ र श्री सन्तोष गुरुङ्ग रहेका थिए ।

 कार्यक्रममा युएईका लागी नेपालको तर्फबाट खेलकुद प्रतिनिधी एभरेष्ट मार्शल आर्टसका टेक्निकल डाईरेक्टर एवं एसियन गुजेरियो कराँतेका महासचिब तथा  पुचःका केन्द्रिय सदस्य तथा  प्रतियोगिताका उप संयोजक रबि शाहीको नेतृत्वमा मार्शल आर्टसका खेलाडीहरुले अग्रपङतीमा नेपाल र युएईको राष्ट्रिय झण्डा बोकेर १८ वटै टिमले प्रतिनिधित्व गर्दै मार्चपास गरेको थियो भने कुमारी र नेवारी धिमे बाजा र भुस्या सहितको झाँकी पनि रहेको थियो ।  

संंस्थाका अध्यक्ष अध्यक्ष लक्ष्मण श्रेष्ठले अध्यक्षता तथा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग रिन्जी शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.