गाउँपालिका अध्यक्ष कुटिएपछि जनप्रतिनिधि र कर्मचारी त्रसित

गाउँपालिका अध्यक्ष कुटिएपछि जनप्रतिनिधि र कर्मचारी त्रसित

ओखलढुंगा : अज्ञात समूहले गत चैत २७ गते राति आक्रमण गर्दा लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल घाइते भए। आक्रमणमा संलगन दोषी अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। यसले गर्दा गाउँपालिका केन्द्र यसममा कर्मचारी र जनप्रतिनिधि त्रसित छन्।

‘गाउँपालिका अध्यक्षमाथि आक्रमण भएपछि सबै नै त्रसित त भइहाल्छन् नि !’, महिला विकास निरीक्षक भगवता भट्टराईले भनिन्। यो ठाउँ सुरक्षाका हिसाबले चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

अहिले गाउँपालिकाको आर्थिक कारोबार गर्न एसआईबी बैंकका कर्मचारी आइसकेका छन्। कार्यालय पनि तयारी अवस्थामा छ तर सुरक्षाका कारण बैंकले कारोबार थाल्न आलटाल गरेको जनाइएको छ। गाउँपालिकाले आफ्नै भवन बनाएर सबै विषयगत कार्यालयमा कम्प्युटर व्यवस्थापन गरिसकेको छ। तर, यति धेरै संरचनाको सुरक्षा गर्न चुनौती रहेको अध्यक्ष पौडेलको भनाइ छ। प्रहरी नहुँदा बैंकको कारोबार गर्न समस्या हुने भएकाले संघीय सरकारसँग सुरक्षा व्यवस्था गर्न माग गरिएको उनले जानकारी दिए।

गाउँपालिकामा १७ वटा सीसी क्यामेरा जडान गरिएको छ। यसले गाउँपालिका केन्द्रमा हुने गतिविधि अध्ययन गर्न सहयोग पुगे पनि सुरक्षाका लागि सुरक्षा युनिट आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीको भनाइ छ।

भौतिक पूर्वाधार अभावमा अन्य गाउँपालिका पुराना गाविस भवन, कतै एक-दुई कोठा भाडामा लिएर बसे पनि लिखुले चमेनागृहसमेत बनाएर ठेक्का लगाएको छ। पूर्वाधार र संरचनाका हिसाबले सम्पन्न भए पनि सुरक्षा चुनौती रहेको गाउँपालिकाले जनाएको छ।

सबै गाउँपालिका केन्द्रमा प्रहरी चौकी आवश्यक भएकाले जनशक्ति खटाउन प्रहरी प्रधान कार्यालयमा माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। सबैतिर सुरक्षा माग गरिएको र लिखु थप संवेदनशील भएकाले प्रहरीले चासोका साथ हेरिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.