अलैंची भित्र्याउन चटारो

अलैंची भित्र्याउन चटारो

फिदिम : पूर्वी पहाडका किसानलाई यतिबेला कालो सुन अर्थात् अलैंची टिप्ने चटारो छ । यो वर्ष अलैंचीले निकै राम्रो आम्दानी दिनेमा किसान ढुक्क छन् ।  कालो रंगको भए पनि यसको बिक्रीबाट सुनकै जत्तिको दाम मिल्ने भएकोले किसानले अलैंचीलाई सुनकै नाम दिएका हुन् । टिप्ने समय सुरु भइसक्यो । कतिले भट्टीमा लगेर सुकाउन पनि सुरु गरिसके । पूर्वी पहाडी जिल्लाका किसानको जीवनस्तर उकास्ने अलैंचीलाई कालो सुनको उपमहा पनि दिने गरिएको छ ।

अर्थतन्त्रको बलियो खम्बाका रूपमा लिइएको अलैंची पाकेपछि किसान अलैंची बगान व्यवस्त छन् । कतिपयले टिप्न सुरु गरेका छन् । टिप्न बाँकी भएकाले बगान सफा गरिरहेका छन् ।

अलैंचीखेतीमा मौसमले साथ दिएकाले अघिल्लो वर्षभन्दा यो वर्ष फल मनग्यै लागेको किसानको भनाइ छ । ‘अलैंचीका लागि यो वर्ष उपयुक्त मौसम भएकाले समयमै अलैंची पाक्यो’, फालेलुङका कुसुम आङ्बोले भने,‘पहाडका तल्लो भेगका किसानले अलैंची टिप्न सुरु गरेका छौ ।’ पाँचथरको सिदिन, याङनाम, एकतीन, अमरपुर, थर्पु, फिदिम, नागिनलगायत पहाडका तल्लो भेगका किसानले अलैंची टिप्न सुरु गरेका हुन् ।

कालो सुनको उपमाले चिनिएको अलैंची पाकेपछि किसान बगान छिरेका हुन् । अलैंची टिप्न सुरु गरेपछि किसा अलैंची बगानमै बसेर दिनभर अलैंची टिप्ने र बेलुका भएपछि टिपेर थुपारेको अलैंची छोडाएर भट्टी लगाउने (सुकाउने) गर्छन् । पहाडका अधिकांश किसानलाई अहिले अलैंची भट्टी र बगानमा भेटिन थालिएको हो । किसानले कम मेहनतमै अलैंचीबाट राम्रो आम्दानी लिने गरेका छन् । भिरालो परेको ओसिलो जंगलमा अलैंची उत्पादन हुने भएकाले अलैंची पाकेपछि चोरी हुने डरले किसान यतिबेला घरमा भन्दा अलैंची बगानमा धेरै समय दिन थालेका छन् ।


अर्थतन्त्रको बलियो खम्बाका रूपमा लिइएको अलैंची पाकेपछि किसान अलैंची बगान व्यवस्त छन् ।

‘पाकेको अलैंची जंगली जनावरले पनि खाने भएकलो टिप्न ढिलो गर्नु हुँदैन’, याङनामको पविन्द्र फागोले भने, ‘काला (एक प्रकारको जंगली जनावर) लाग्ने बगानमा अलैंची टिप्न ढिलो भयो भने केही दिनमै सखाप पार्छ ।’ खोलाको किनार (औल) आसपसमा रहेको अलैंची बगाबाट किसानले अलैंची थन्क्याइसकेका छन् । ‘केही दिन याता किसानले नयाँ उत्पादनको अलैंची बजार ल्याउन थालेका छन्’, अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले भने, ‘अब नयाँ उत्पादनको अलैंची धमाधम बजार आउँछ ।’

पहाडका किसानको प्रतिष्ठासँग जोडिएको अलैंची उत्पादनका सिजन भएकाले अधिकांश किसान ध्यान अलैंची टिप्नमा छ । तर, पछिल्लो समयमा अलैंची टिप्ने जनशक्ति समेत पाउन छाडिएको किसान बताउँछन् । ‘अलैंची टिप्न धमाधम सुरु भएको छ’, फागोले भने, ‘तर, युवा जनशक्ति विदेश पलायन भएकाले गाँउमा अलैंची टिप्ने मान्छे पाउन मुस्किल छ ।’ अलैंचीको काम गर्नेलाई अन्य कामको भन्दा दोब्बर पारि श्रमिक प्रदान गर्ने चलन छ । पारि श्रमिक राम्रै भएपछि प्रयाप्त कामदार नपाँउदा जंगली जनावरले पाकेको अलैंची नष्ट गर्न थालेको किसानले बताए । भदौको पहिलो सातादेखि टिप्न सुरु गरिएको अलैंची असोज अन्तिमसम्म किसानले टिप्ने गरेका छन् । पहाडको तल्लो भेगबाट अलैंची टिप्ने काम सुरु भएर क्रमशः माथिल्लो भेगमा पुगेर अलैंची टिप्ने काम सम्पन्न हुन्छ ।

०००

अलैंची टिपेर नांगो बनाइएको बगान

अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.