धान खेत मासेर कागतीखेती

धान खेत मासेर कागतीखेती

भद्रपुर : झापा अर्जुनधाराका किसान पुष्पप्रसाद रेग्मी सानोमा स्कुल पढ्दा शनिश्चरेको शुक्रबारे हाटमा एक रुपैयाँमा १० किलो खुर्सानी बेच्थे । त्यो पैसा दिँदा उनकी आमाको मुहारमा निकै खुसी छाउँथ्यो । ‘आमाको अनुहारमा देखेको खुसीले नै व्यावसायिक खेतीमा मेरो आकर्षण बढ्यो’, झापा रेग्मीले भने, ‘कागतीले किसानको कायापलट गर्न निकै सहयोग पुगेको छ ।’ २०३६ सालदेखि तरकारीखेती गरेर व्यावसायिक रूपमा कृषि क्षेत्रमा हात हालेका रेग्मी दक्षिण भारतबाट तरकारीखेती, सुपारी, केरा, रबर र कागतीखेतीबारे तालिम लिएर आएपछि नै खेती गर्न सुरु गरेको बताउँछन् ।

अब आफूलाई पुग्ने निर्वाहमुखीको साटो व्यावसायिक खेती गरेर आम्दानी लिनेतर्पm झापाका कागती किसानको पौरखी हात अघि बढेको छ । अन्य बालीभन्दा धेरै आम्दानी दिने भएकाले किसान धान खेत मासेर कागती खेतीको विस्तारमा लागेका छन् । अर्जुनधाराका ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले पाँच वर्षअघि दक्षिण भारतबाट विभिन्न जातका १२ सय कागतीका बिरुवा ल्याएर डेढ बिघामा खेतमा रोपे । अहिले लहलह झ्याम्मिएको कागतीबाट रेग्मीले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालिसकेका छन् । अहिले उनले लगाएका कागती तीन चरणमा फल्ने गरेका छन् । करिब सात महिनासम्म लगातार आम्दानी दिने हुँदा किसानलाई थोरै मिहिनेतमा धेरै आम्दानी दिन सक्ने नगदे बालीका रूपमा कागतीलाई लिन सकिन्छ । कागतीलाई बजारसम्म पु¥याउनुपर्ने तनाव पनि छैन । पोखरा, काठमाडौंदेखि व्यापारी घरैमा आएर लान्छन् ।

‘धान खेत किन मासेको भनेर छिमेकीले गाली गरेका थिए’, उनी भन्छन्, ‘अहिले वर्षमा कम्तीमा पनि ६ लाख आम्दानी हुन्छ, बजार खोज्न पनि जानुपर्दैन, घरमै व्यापारी आएर लैजान्छन् । कागतीखेतीबाट राम्रो आम्दानी भएको छ ।’

प्छिल्ला दिनमा झापामा कागतीको बिरुवाको माग बढेका कारण बुद्धशान्ति–१ बुधबारेमा ७ बिघा जग्गा लिजमा लिएर रेग्मीले कागतीको नर्सरी समेत सुरु गरेका छन् । झापाको काँकडभिट्टामा प्रधान कार्यालय रहेको सहकारी संस्था एनएमसीले आफ्ना एक लाख सेयर सदस्यलाई आर्थिक वर्ष २०७४÷७५ देखि कागतीको बिरुवा वितरण गर्दै आएको छ ।

सहकारीले विगत तीन वर्षदेखि सदस्यलाई कागतीको बिरुवा अनिवार्य रोप्न अभियान चलाउँदै आएको हो । कागतीखेतीमा हाल बढिरहेको किसानको आकर्षणले भविष्यमा कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् । अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराईले नेपाल सरकारले कागतीखेती किसानलाई किसानको हौसला प्रदानका लागि उचित बजारको व्यवस्थापन गरिनुपर्ने आवश्यकता रहेको बताए । भट्टराईका अनुसार झापामा ४० भन्दा बढी किसानले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् ।

अन्य बालीभन्दा धेरै आम्दानी दिने भएकाले किसान धान खेत मासेर कागती खेतीको विस्तारमा लागेका छन् ।

झापाको बुद्दशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिकामा व्यावसायिक रूपमा कागतीखेतीमा किसान जुटेको भट्टराईले जानकारी दिए । उनले किसानलाई कागतीखेतीमा आकर्षण गर्न सके कागती निर्यात सम्भव हुने बताए । बजारमा माग बढी भए पनि अहिलेसम्म नेपालमा भारतबाट आयातित हुने कागतीले बजार लिइरहेको छ ।

भिटामिन सीको साथै स्वास्थ्य शरीरका लागि कागतीको अमिलो सम्झिने वित्तिकै जो सुकैको मुख रसाउँछ । अचारजन्य खानेकुरामा बढी प्रयोग हुने कागतीले खानालाई स्वादिलो बनाउने हुँदा यसको अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै माग रहेको कृषक बताउँछन् । ००००००

आफ्नो कागती बारीमा झापाली किसान ।

ः राधा खनाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.