नीलम कार्की निहारिकाको 'योगमाया' लाई मदन पुरस्कार

नीलम कार्की निहारिकाको 'योगमाया' लाई मदन पुरस्कार

काठमाडौँ: साहित्यकार नीलम कार्की निहारिकाको 'योगमाया' पुस्तकलाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । 

पुरस्कारका लागि छनोटमा परेका आठवटा पुस्तकमध्ये निकारिकाको 'योगमाया' कृतिलाई मदन पुरस्कार प्रदान गरिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ । 

त्यसैगरी बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बा-श्री पुरस्कार प्रदान गरिने भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् । 

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको थियो। समितिले आफूलाई प्राप्त दुई सय ५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको थियो । 

छनोटमा परेका पुस्तकमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ थिए । 

छनोटमा परेका आठ पुस्तकमध्ये नीलम कार्की निहारिकाको पुस्तक 'योगमाया'लाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने घोषणा गुठीले गरेको हो । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.