सालकको खपेटासहित पक्राउ

सालकको खपेटासहित  पक्राउ

चरिकोट : भीमेश्वर नगरपालिका-७ भुलभुलेबाट दोलखा प्रहरीले सोमबार बिहान दुर्लभ वन्यजन्तु सालकको खपेटासहितसहित एकजनालाई पक्राउ गरेको छ। सालक मारेर खपटासहित नङग्रा र छाला राखी ग्राहकको खोजीमा रहेको गोप्य सूचनाका आधारमा थापालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए।

प्रहरीले भीमेश्वर नगरपालिका-६ निवासी होमबहादुर थापालाई दुर्लभ सालकको ३ सय ८० ग्राम ओखेटोपहार बिक्री गर्न हिँडिरहेको अवस्थामा सोमबार बिहान करिब ९ बजे भीमेश्वर नगरपालिका-७ स्थित सेराबेँसी सडकखण्डवाट पक्राउ गरेको हो। 

पुच्छर र नङ्ग्रसहितको २७ इन्च लम्बाई र ९ इन्च चौडाई भएको सालकको ओखोटोपहारसहित पक्राउ परेका थापालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले बरामद गरेको ओखेटोपहारको स्थानीय बजारमा खासै मूल्यवान नभए पनि बाह्य बजारमा ४० देखि ५० हजारसम्म बिक्री हुने गरेको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि चरिकोटस्थित वन कार्यालय बुझाइने प्रहरीले जनाएको छ। गाउँघरमै करिब ३ वर्षअघि फेला परेको सालकलाई लाठीले हिर्काएर मारेको र मासु खाएर नङ्ग्रा र खपटासहितको छाला सुरक्षित राखेको पक्राउ परेका थापाले स्वीकार गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.