६ तस्बिरमा कर्णालीकै सबैभन्दा लामो जात्रा
जुम्ला : कर्णालीकै ठुलो र लामो जात्रा सोमबारबाट सुरु भएको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने यो कर्णालीकै ठूलो र लामो जात्रा श्रीकृष्ण जन्माष्टमीमा सकिन्छ ।
दिवंगत आफन्तहरुको सम्झना र उनीहरुको आत्माशान्तिको कामना गर्दै सोमबार गाईजात्रा मनाइएको हो । चन्दननाथ नगरपालिकाबासी वृष सुनार, इन्द्रलाल सुनार र विष्णु कुमारी श्रेष्ठको घरबाट दिवंगत सदस्यको सम्झना जात्रा निकालिएको हो ।
पहिलो दिन सोमवार गाईजात्रा निकालियो भने दोस्रो दिन रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष तोरनसिंह कठायतले जानकारी दिए । तेस्रो दिन सानो पल्टन, मिम बादशाह र रमाइला आइटम तथा चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उनले बताए ।
भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भइ यही भदौ १७ गते परेको कृष्ण अष्टठमीम्म लगातार आठ दिनसम्म जात्रा मनाउने चलन छ । जात्राको अन्तिम रातभर जाग्राम बसेर जिल्ला भित्र र बाहिरबाट जात्रा हेर्न आउनेहरुले देउडा खेलमार्फत् वर्तमान परिवेश अनुसार सवाल जवाफ हुने गर्दछ ।