पाथीभरा गोल्डकप : न्यु स्टार झापा सेमिफाइनलमा

पाथीभरा गोल्डकप : न्यु स्टार झापा सेमिफाइनलमा

 ताप्लेजुङ : अतिरिक्त समयको अन्तिम मिनेटमा रोमन भुजेलले गोल गरेपछि न्यु स्टार क्लब झापा पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। झापाले कर्णसिंह सोनाम ताप्लेजुङलाई १-० गोलले हरायो। खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा डिबक्स छेउमा पाएको फ्रिकिकलाई भुजेलले जाली चुमाउँदै टोलीलाई अघिल्लो चरणमा पुर्‍याएका थिए।

वर्षाले प्रभावित खेलको ९० मिनेटभित्र दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा धकेलिएको थियो। १० खेलाडीमा सीमित कर्णसिंह सोनामले न्यु स्टारलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन। कर्णसिंहका तेज बुढाथोकी दोस्रो हाफ सुरु भएको १० मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि बाहिरिए। त्यसपछि भने कर्णसिंह निकै दबाबमा परेको थियो। तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको ताप्लेजुङलाई उपाधि दाबेदार मानिएको थियो। न्यु स्टारका जीवन धामी म्यान आफ दी म्याच भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए।

मंगलबारको तेस्रो क्वार्टरफाइनल खेल राष्ट्रिय जागृति क्लब इटहरी र युनाइटेड खर्साङ फुटबल क्लब भारतबीच हुनेछ। पूर्वकै प्रतिष्ठित मानिएको प्रतियोगितामा खेल हेर्न दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.