अर्ग्यानिक चिया बगानमा कामदार अभाव

अर्ग्यानिक चिया बगानमा कामदार अभाव

इलाम : अर्ग्यानिक चिया उत्पादनमा लागेका किसान र सहकारीले मजदुर अभाव झेल्न थालेका छन्। तेस्रो मुलुकमा अर्ग्यानिक चियाको माग बढेसँगै त्यसअनुसार उत्पादनमा लागेका किसान कामदार नपाएर समस्या परेका हुन्।

चिया टिप्ने कामदार अभावमा बगानै बेच्नुपर्ने अवस्था आएको सुन्दरपानी चिया उत्पादक सहकारीका सहव्यवस्थापक सोनाम योल्मूको भनाइ छ। यो सहकारीमा आबद्ध ७४ जना किसानले उत्पादन गर्ने अग्र्यानकि चिया गोर्खा टी–स्टेटमा ११ वर्षदेखि बिक्री गरिँदै आएको छ। प्रतिकिलो ४० रुपैयाँ दिँदा पनि मजदुर पाउन छाडेको योल्मूले सुनाए।

‘ए’ ग्रेडको हरियो पत्तीको मूल्य प्रतिकिलो ९०, ‘बी’ ग्रेडको ६५ र ‘सी’ ग्रेडको ४३ रुपैयाँसम्म पाउने गरेका छन्। ‘ए’ ग्रेडको चिया बिक्री गर्दा मात्र किसानका हातमा मजदुर खर्च काटेर ५० रुपैयाँ पर्ने गरेको छ। कारखानाले दुई पात एक सुइरो र ८० प्रतिशतभन्दा बढी मुना भएको एकै साइजको चियालाई ‘ए’ ग्रेडमा राखेको छ। दुई पात एक सुइरो र ६० देखि ८० प्रतिशत एकै साइजको पत्तीलाई ‘बी’ र २० देखि ६० प्रतिशतसम्म दुई पात एक सुइरोको चियालाई ‘सी’ ग्रेडमा राखिएको छ।

इलामको पूर्वी क्षेत्रमा तीन सहकारी र गोर्खा टी स्टेटले अर्ग्यानिक चिया उत्पादन गर्दै आएका छन्। रोङ गाउँपालिकाको इको चिया उत्पादक सहकारीका १ सय १५ र सूर्योदय–३ को बौद्धधाम चिया उत्पादक सहकारीका २५ कृषकले अर्ग्यानिक चिया उत्पादन गर्दै आएका छन्।

‘उत्पादनका हिसाबले कम लागतमा राम्रो आयआर्जन गर्न सकिन्छ’, योल्मूले भने। उनको अनुभवमा यस्तो खेती गर्दा रासायनिक विषादीसँगको रात–दिनको संसर्गबाट पनि मुक्ति मिल्छ। तर, वैदेशिक रोजगारीको चक्करले गर्दा मजदुर अभाव भएको उनको भनाइ छ। एक जना मजदुरले आठ घण्टामा औसत सात किलो चिया टिप्ने गरेको किसान बताउँछन्। अहिले मजदुरले आठ घण्टा काम गर्दा कम्तीमा ३ सय रुपैयाँ कमाइ गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.