करबाट तीजको दर !

करबाट तीजको दर !

भद्रपुर : झापाको भद्रपुर नगरपालिकाले संस्कृति जर्गेना र मठ मन्दिर, गुम्बा निर्माणलगायतका कार्यक्रमको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने भएको छ। यसका लागि नगरले दुई लाख रुपैयाँ छुट्याइएको छ। 

जनताको करबाट संकलित रकमले महिला उत्थानका लागि भन्दै करिब ४ सय महिलालाई तीजको दरका नाममा भोज दिन लागिएको हो। यस्तो भोज भदौ २२ गते हुनेछ।

जनताको करबाट उठेको रकम तीजको भोजमा सक्न लागेको भन्दै  यो कार्य रोक्न नगर प्रशासन समक्ष महिला संघ भद्रपुरले आपत्ति जनाएको छ।

मंगलबार ज्ञापन–पत्र बुझाउँदै महिला संघले आपत्ति जनाएको हो।  नगर क्षेत्रमा रहेका ५२.८ प्रतिशत महिलाको हकमा भने यो कार्यक्रम लज्जास्पद देखिएको ज्ञापन–पत्रमा उल्लेख छ। 

नगरपालिकाले उभौली, ल्होसार, बकर इद, कुशेऔँसी, दसैँ, तिहार छठ पर्वको कार्यक्रम आयोजना नगरी तीज पर्व मात्र मनाउनुको अर्थ नरहेको उनीहरुको भनाइ छ। 

प्रतिनिधिमुलक दर खाने काम जनपक्षीय हुन नसक्ने भन्दै नगरबासी महिला उत्थानका लागि छुट्याइएको रकम नगरले मनपरी रुपमा दरका नाममा खर्च गर्न नपाउने महिला संघ झापा सभापति सुशीला ढकालको भनाइ छ।

हुने खाने, गाउँघर टोल–टोलमा प्रतिस्पर्धात्मक रुपमा पैसा उठाएर दर खाने महिलालाई नै नगरले दर खुवाउन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। 

नगरले उत्पीडित, मजदुर र आर्थिक अवस्था कमजोर भएका महिलालाई दर खुवाउनुपर्ने उनीहरुको भनाइ छ।

नगर उपप्रमुख तथा दर कार्यक्रमकी संयोजक चन्द्रमाया श्रेष्ठले भने महिलाकै हितमा तीजको कार्यक्रम ल्याइएको बताउँदै गत बर्षमा नगरका संघ संस्थालाई बजेट जाने गरेको तर यस पटक आफैंले दर खुवाउने कार्यक्रम राखेको बताएकी छन्। 

तीजको कार्यक्रमका लागि भनेर दुई लाख रुपैयाँ बजेट विनियोजन भए पनि दर कार्यक्रमका लागि भने भद्रपुरकै होटल सिटी गार्डेनलाई ६५ हजार रुपैयाँ दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.