घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत : सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु  भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको  हो ।

मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया  रामकला कामी, उनीहरुका ४ वर्षका छोरा  रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको  सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।  ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन। 

कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । 

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको भन्दै डीइएसपी शाहीले घटनास्थल सदरमुकामबाट टाढा रहेको र आफूहरु उद्धारका लागि हिँडेको जानकारी दिए । घटनास्थलमा स्थानीय सीमा खोली प्रहरीचौकी, इलाका पैहरी कार्यालय थारमारे प्ररही टोली खटिएको सल्यान प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.