सेवाग्राहीलाई कार्यालयभित्रै फ्याक्स सुविधा

सेवाग्राहीलाई कार्यालयभित्रै फ्याक्स सुविधा

तम्घास : जिल्ला प्रशासन कार्यालय, गुल्मीमा आउने सेवाग्राहीले अब अन्यत्रै महंगो पैसा तिरेर फ्याक्स मगाउनुपर्ने बाध्यता हटेको छ । सेवाग्राहीको समस्यालाई बुझेर कार्यालय भित्रै फ्याक्स सुविधाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात अन्यत्रैबाट मगाउँदा चर्को पैसा तिर्नुपर्ने बाध्यता बुझेर कार्यालयबाटै कागजात मगाईदिने व्यवस्था गरिएको बताए । ‘बाहिर पसलबाट फ्याक्स मार्फत कागजपत्र मगाउँदा चार÷पाँच सय तिर्नुपर्दो रैछ ।’ उनले भने,‘सेवाग्राही मारमा परेको बुझेर कार्यालयमै यो व्यवस्था गरेका हौं ।’

जिल्ला प्रसासनमा सेवा लिन आउने अधिकांश सेवाग्राहीले कार्यालयलाई लेख्ने निवेदन समेत फोटोकपी पसल वा अन्य ब्यक्तिहरुलाई लेखाउँदा २ सय देखी ४ सय रुपैयाँसम्म तिर्नुपरेको थियो । सेवाग्राहीले निवेदनमा टाँस्ने टिकटमा पनि २ देखी पाँच रुपैयाँ बढी मुल्य बुझाउनुपर्ने अवस्था थियो । यी सवै व्यवस्था पनि जिल्ला प्रसासन कार्यालयमै व्यवस्था गरिएको छ । कार्यालय भित्र छिर्ने ढोकानिरै सहायता कक्ष स्थापना गरी सेवाग्राहीका निवेदन लेख्ने र अन्य आवश्यक जानकारी प्रदान गर्न उक्त कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

कार्यालयमा आवश्यक पर्ने कागजात र प्रक्रियाको बारेमा सेवाग्राहीलाई जानकारी दिन सहायता कक्ष नजिकै डिजिटल नागरिक वडापत्रको व्यवस्था समेत गरिएको छ । उक्त वडापत्रमा जिल्ला प्रसासनबाट प्रदान गरिने सेवा सुविधा र प्रक्रियाको साथै चरणवद्ध रुपमा के कामका लागि कति नं कोठामा जानुपर्ने भन्ने स्पष्ट फोटोसहित सुचना प्रदान समेत गरिएको छ ।

ईन्टरनेटको अभावमा सेवा लिन नसकेका सेवाग्राहीलाई लक्षित गरी कार्यालयमै निशुल्क वाईफाईको व्यवस्था समेत गरिएको छ । प्रसासन आसपासमा रहेका फोटो स्टुडियो र फोटोकपी पसललाई सेवाग्राहीका काम सवैले एकै दररेट कायम गरी न्युनतम मुल्यमा सेवा दिन आग्रह समेत गएिको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.