भीआईपी आउँदा जोर बिजोरले यात्रुलाई सास्ती

भीआईपी आउँदा जोर बिजोरले यात्रुलाई सास्ती

काठमाडौं : बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणालीले सर्वसाधारणलाई सास्ती भएको छ । 

गृहमन्त्रालयले बुधबारदेखि तीन दिनसम्म जोर बिजोर प्रणाली लागू गरेको छ । बुधबार र शुक्रबार बिजोर र बिहीबार जोर नम्बरका सवारी सधान चल्न पाउने  व्यवस्था गरिएको छ । 

पहिलो दिन बुधबार सवारी प्लेट नम्बरको अंक बिजोर भएका सवारीसाधन मात्र सञ्चालन गरिएकाले यात्रु समस्यामा परेका छन् । जोरबिजोर प्रणाली लागू हुँदा सडकमा सवारी चाप कम भए पनि यात्रु चाप भने बढेको छ । 

कलंकी, रत्नपार्क, भद्रकाली र त्रिपुरेश्वर लगायतका क्षेत्रमा सवारी साधन कम चल्दा यात्रुले हैरानी ब्यहोरे । गाडी चढ्न मारामार गर्नुपर्ने अवस्था सृजना भएको छ । सीमित सवारी सधान सडकमा गुड्दा यात्रुलाई गाडी चढ्नै समस्या भएको छ । 

ठाउँ ठाउँमा चेकजाँचसमेत कडाइ गरिएको छ । ठूलो संख्या प्रहरी परिचालन गरिएकाले सडकमा हिँड्नै पनि कठिन भएको छ । पुरानो बसपार्क मंगलबारबाटै बन्द गरिएको छ । गाडी चढ्ने ठाउँको टुंगो नहुँदा यात्रुको विचल्ली भएको छ । 

बिमस्टेकलाई सिँगारियो काठमाडौं 

भोलीबाट हुने बिमस्टेकका लागि भने काठमाडौं महानगरलाई सिँगारेर चिटिक्क पारिएको छ । ठाउँ ठाउँमा स्वागतद्धार पनि बनाइएको छ । रंगरोगन गरेर महानगरका मूल सडक क्षेत्र चिटिक्क बनाइएको छ । पुरातात्विक र ऐतिहासिक सम्पदाका तस्बिर राखेर स्वागतद्धार बनाइएका छन् । 

स्वागतद्धार बिमस्टेकका सदस्य राष्ट्रका राष्ट्र प्रमुखका फोटोसहित सर्वोच्च शिखर सगरमाथादेखि डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्वीर राखिएको छ । 

नेपालको विभिन्न क्षेत्रको कला तथा संस्कृति झल्कने तस्वीरले सजाएर चिटिक्क बनाइएको छ । तीनकुनेमा अझै कलात्मक ढंगले सजाइएको छ । नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी  लगायतका तस्बिर राखेर तीनकुनेको बाहिरी मुहार फेरिएको छ । पोखराको फेवाताल, डोल्पामो शे-फोक्सुण्डो तालदेखि नेपालका प्रशिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको  तस्बिर राखएको छ । 

सदस्यका राष्ट्रका झण्डा पनि चोक चोकमा फहराइएका छन् । माइतीघर मण्डलाको रङ्गरोगन गरेर सिँगारिएको छ । त्यहाँ झिलिमिली बत्तीको पनि व्यवस्था गरिएको छ । 

बिमस्टेकलाई केन्द्रित गरेर ठाउँ काठमाडौंको सडक मर्मत र रेलिङमा रंगरोगन गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले बिमस्टेलाई केन्द्रित गरेर काठमाडौंको सडक मर्मत गरिएको बताए ।

उनका अनुसार लामो समयदेखि जेब्राक्रसिङ नभएको कालिमाटी-त्रिपुरेश्वर सडक खण्डमा ठाउँ ठाउँमा जेब्राक्रसिङ बनाइएको छ । सडकको छेउछेउमा पेटीसमेत बनाइएको छ। 

लैनचौर, सोल्टीमोड, कालिपाटी, माइतीघर, बानेश्वर र तीनकुने लगायतका क्षेत्रका सडक मर्मत गर्नुका साथै खाल्डाखुल्डी पुरिएका छन् । पाहुनाको स्वागतका लागि सडक सफाइसमेत गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.