ग्रेटर नेपालका फणिन्द्र नेपाल पक्राउ, मोदीलाई कालोझण्डा देखाउन खोजेको आरोप
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउन निस्कन खोज्दा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
नेपाललाई सादा पोशाकमा खटिएका प्रहरीले बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेका हुन् । मोदी आउने समयमा विमानस्थल बाहिरको सडकमा कालो झण्डा देखाउने तयाी गरेको भन्दै प्रहरीले नेपाललाई पक्राउ गरी हिरासतमा लिएको हो ।
ग्रेटर नेपालको गतिविधिमा प्रहरीले लामो समयदेखि निगरानी राख्दै आएको छ । ग्रेटर नेपालले सुगौली सन्धि अघिका सबै भूभाग भारतले फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ।
यस अघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमणमा आउँदा पनि दाहाललाई प्रहरीले पक्राउ गरेर तीन दिन हिरासतमा राखेपछि रिहा गरेको थियो । उनलाई यो पटक पनि विमस्टेक सम्मेलन अवधिभर थुनामै राख्ने जानकारी प्रहरी स्रोतले दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
४