नझुक्किनुस्, आज जोर नम्बर प्लेटका सवारीसाधनको पालो

नझुक्किनुस्, आज जोर नम्बर प्लेटका सवारीसाधनको पालो

काठमाडौँ : बिमस्टेक सम्मेलनका लागि राजधानी उपत्यकामा बुधबारदेखि सार्वजनिक र निजी सवारीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका भर सञ्चालित सबै सवारीमा लागू गरिएको यो नियमानुसार आज (बिहीबार) जोर नम्बर प्लेट भएका सवारीसाधनले मात्रै गुड्न पाउँछन् । 

सरकारले बिमस्टेकका क्रममा उपत्यकाका सबै निजी तथा सरकारी कलेज र विद्यालय दुर्इ दिन बिदा दिइसकेको छ । मोटरसाइकलसहित सबै किसिमका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ।  

सरकारले तीन दिनका लागि तोकेको नियम अनुसार बुधवार विजोर नम्बर प्लेटका गाडी गुडे । बिहीबार (आज) सार्वजनिक तथा निजी सवारीका नम्बर प्लेटको अन्तिम अंक ६०, ८० ९०, २, ४, ६, ८०, ४०, ५० भएका सवारीसाधन सडकमा निस्कन पाउनेछन् । 

सरकारले यो नियम पत्रकारहरुको हकमा भने लागू गरेको छैन । पत्रकारहरुले आफू कार्यरत सञ्चार संस्था र सूचना विभागको प्रेस पाससहित जुनसुकै नम्बरको सवारीमा गुड्न पाउनेछन् । 

सरकारले अत्यावश्यक कामका लागि निस्कने बाहेक सरकारी साधनमा पनि जोरबिजोर लागू गरेको छ । यदि यो नियमको पालना नगरेमा ट्राफिक प्रहरीले सवारीसाधन नियन्त्रणमा लिने छन् भने ५०० रुपैयाँसम्म जरिबाना पनि तिराउने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

सरकारको जोरबिजोर नियम तथा विदेशी भीभीआईपीहरुको ओहोरदोहोर चलिरहने भएकाले सार्वजनिक यातायातमा पनि असर गर्नेछ । गौशालादेखि, विमानस्थल, तीनकुने, बानेश्वर, थापाथली, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टीमोड र कलंकीसम्मको यातायात प्रभावित हुने अवस्था छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.