घरको छतबाट खसेर मृत्यु

घरको छतबाट खसेर मृत्यु

नुवाकोट : घरको छतबाट खसेर नुवाकोट एक युवतीको मृत्यु भएको छ।विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगानाको बिहीबार आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो। 

फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्‍कासी खसेर घर अगाडिको सडकमा बजारिएकी थिइन्। उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो।तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

मृतक ढुंगाना गत एक वर्षदेखि नुवाकोट जिल्ला अदालतमा तामिलदार पदमा कार्यरत रहेको अदालतका श्रेस्तेदार शिवप्रसाद वन्जाराले जानकारी दिए। करारमा कार्यरत मृतक ढुंगानाको परिवारले राहत रकम पाउने÷नपाउने विषयमा छलफल भइरहेको उनले बताए। 

घरको फोहोर फाल्नका लागि आफ्नै घरको छतमा पुगेकी ढुंगाना आफू चढेको प्लाष्टिकको कुर्सिसहित सडकमा बजारिँदा उनको टाउको फुटेको प्रत्यक्षदर्शीले बताए। मृतक कर्मचारी ढुंगानाकी आमा, दुई दाजु, दिदी रहेका छन्। 
    


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.