पहिरोले पासाङल्हामु मार्ग अवरुद्ध

पहिरोले पासाङल्हामु मार्ग  अवरुद्ध

नुवाकोट : काठमाडौबाट नुवाकोट प्रवेश गर्ने मुख्य सडक पासाङल्हामु मार्ग पहिरोका कारण ठप्प भएको छ। सो मार्गको काठमाडौ-त्रिशूली सडकखण्डमा सानाठूला गरी आधा दर्जन पहिरो गएका कारण सडकमार्ग एक महिनादेखि ठप्प भएको हो।

सडकमार्गमा ठूलो पहिरो गएका कारण यातायात पूर्णरुपमा संचालन हुन सकेका छैनन्।  सदरमुकाम विदुरदेखि ३२ किलोमिटर पूर्वमा रहेको पासाङल्हामु सडकमार्गको शूली-काठमाडौं बीचमा रहेको ककनी गाउँपालिका-१ वाह्रमाइलमा गएको ठूलो पहिरोका कारण बिहीबारदेखि यातायात संचालनमा अवरोध गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले पहिरोले अवरुद्ध भएको सडक पन्छाउने कार्य सुरु भएको बताए। ठूलो पहिरो गएका कारण पहिरो पुरै पन्छाउन अझै केही दिन लाग्ने भट्टराइको भनाई छ।

रातिदेखि गएको पहिरोले सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। सो सडकमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले अविरल पानी परेसँगै ठाउँठाउँमा साना-ठूला पहिरो गएर पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ। सडक स्तरोन्नति कार्यसमेत ढिलाई भइरहेको स्थानीयबासीको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.