प्रहरीले मोदीको स्वागत गर्न पनि दिएन

प्रहरीले मोदीको स्वागत गर्न पनि दिएन

काठमाडौं : बिमस्टेक शिखर सम्मेलनका लागि काठमाडौँ आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा गएका युवाहरुलाई प्रहरीले रोकेको छ । मोदीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान हिँडेका युवाहरुलाई प्रहरीलेबीच बाटोमै रोकिदिएको हो । 

मोदीको स्वागतमा हिँडेका नेपाल फाउन्डेसनका युवाहरुलाई प्रहरीले बाटैमा रोकेपछि उनीहरुले गुनासो गरेका छन् । मोदीको तस्विर अंकित जर्सी र बिमस्टेकको जर्सी लगाएका उनीहरुलाई सुरक्षाकर्मीले एयरपोर्ट जानबाट नदिएको हो। उनीहरुलाई तीनकुनेमा स्वागत कार्यक्रम गर्न पनि रोकिएको अध्यक्ष विकास ठाकुरले बताए । 

ग्रेटर नेपालका फणिन्द्र नेपालले मोदीलाई कालोझण्डा देखाउन निस्कन खोजेपछि प्रहरीले पक्राउ गरेर उपत्यकाका सडकमा सुरक्षा बढाएको थियो।

त्यही क्रममा नेपाल फाउन्डेशनलाई पनि प्रहरीले रोकेको हो  फाउन्डेशनका अध्यक्ष विकास ठाकुरले आफूहरुले नेपाल-भारत सम्बन्ध मजबुद बनाउन काम गर्दै आएको बताउँदै मोदीलाई स्वागत गर्न नपाउँदा खल्लो लागेको बताए । 

बिमस्टेकमा आउने विशिष्ट पाहुनाका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षानिकाय खटिएर उपत्यकामा गस्ती गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.