एकै पटक विप्लवका ११ जना नेता कार्यकर्ता पक्राउ

एकै पटक विप्लवका ११ जना नेता कार्यकर्ता पक्राउ

इलाम : प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक–२ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका–१ का सञ्जय राईसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  

प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको  दमक नगरपालिका–७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका–११ का तारा थापा, झापा गाँउपालिका–२ का चमनलाल माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले विर्तामोड नगरपालिका–३ का चित्र विश्वकर्मा, शिवसतासी नगरपालिका–११ का सुरेन्द्र मिश्र, गौरीगञ्ज–१ का भीमकुमार सुब्बा र इलाम देउमाई नगरपालिका–८ का मोहन बहादुर बराल पक्राउ परेका जिप्रका इलामका एसपी माधव श्रेष्ठले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.