सहकारीमा पनि यति ठुलो ठगी ? १२ जनाविरुद्ध चार करोडको मुद्दा

सहकारीमा पनि यति ठुलो ठगी ? १२ जनाविरुद्ध चार करोडको मुद्दा

 विराटनगर :  बचतकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा १२ जना सहकारीकर्मीविरुद्ध बिहीबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ । 

विराटनगरको प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत् करोडौं रुपैयाँ अपचलन गर्ने उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए । 

उनका अनुसार मुद्दा दर्ता गरिएकामा सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी छन् । सहकारीमा आवद्ध अन्य नौ जनालाई समेत प्रतिवादी बनाइए पनि उनीहरु फरार छन् । फरार रहेकाहरुलाई प्रहरीमार्फत खोजी गर्ने काम भइरहेको भन्दै उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीमार्फत अनुसन्धानको मिसिल प्राप्त भएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर साविकको मुलुकी ऐन १ नम्बर र ४ नम्बरको कसूर तथा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २१ को दफा २४९ को कस्र अन्तर्गत सजायको मागदाबी लिई प्रतिवादीबाट पीडितहरुलाई क्षतिपूर्ति समेत दिलाई भराई पाउनु पर्ने माग गर्दै मुद्धा दायर गरेको जनाइएको छ । 

मुद्दा दर्ता भएपछि अभियुक्तसंग बयान लिने काम सुरु भएको छ । जिल्ला न्यायाधीश दिपक खनालको इजलासमा बयान लिने काम सुरु भएको जानकारी दुलालले दिए । उनका अनुसार प्रतिवादीहरुको बयान सकिएपछि थुनछेक बहस भएर उनीहरुका सम्बन्धमा अदालतको आदेश आउने छ । 

लामो समयदेखि विराटनगर ९ बाटारोडमा संचालनमा रहेको सहकारीले दुई सय ६८ जना बचतकर्ताले जम्मा गरेको तीन करोड ९७ लाख ९५ हजार तीन सय ३३ रुपैयाँ अपचलन गरेको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । 

बचतकर्ताहरुले आफूहरु सहकारीकर्मीबाट ठगिएको गुनासोसहित प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले पनि अपचलन गरिए बराबरको रकम मागदावी सहितको अभियोग पेस गरेको छ । 

अरु बचतकर्ता पनि ठगिएको भनेर थप मागदावी आएमा सहकारीकर्मी विरुद्ध पूरक अभियोग लगाइने जिल्ला सहायक न्यायाधीवक्ता पदमप्रसाद वस्तीले बताए । सहकारीमा एकजना बचतकर्ताले २२ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.