‘समृद्धिका लागि अर्थपूर्ण र सम्मानजनक सहकार्य’
काठमाडौं : बिम्स्टेक चौथो शिखर सम्मेलन एसियाली युगका लागि ‘अर्थपूर्ण र सम्मानजन सहकार्य’ अपरिहार्य भन्दै बिहीबार राजधानीमा सुरु भएको छ । विकासका बाधकविरुद्ध लड्न सहकार्यका साथै प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता सबै राष्ट्र एवं सरकार प्रमुखले व्यक्त गरेका छन् ।
सहयोगका क्षेत्रहरूको प्राथमिकता तय गर्दै मन्त्रीस्तरीय बैठकले पेश गरेको प्रतिवेदनलाई सम्मेलनले स्वीकार गरेको छ ।
बिम्स्टेक क्षेत्रको आतंकवाद तथा मानव वेचविखनविरुद्ध एक भएर काम गर्न सबैले मतैक्यता प्रकट गरेका छन् । ‘यो क्षेत्र कुनेै न कुनै रूपको आतंकवादको चपेटामा छ । यसबाट निकाल्न सामूहिक प्रयास गर्न आवश्यक छ’, सबै राष्ट्र एवं सरकार प्रमुखले भनेका छन्, ‘विकासका बाधकको रुपमा देखिएको सबै खाले समस्यामा सामूहिक प्रयास गर्नेछौं ।’
रेल, सडक र हवाईमार्गका साथै अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच गहन सम्पर्क विस्तार गर्दै विकासमा काम गर्ने प्रतिवद्धता सबैले गरेका छन् । व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्रमा सहकार्य र सहायता बढाउनु अपरिहार्य भएको स्वीकार उनीहरूले गरेका छन् । बिम्स्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन यो क्षेत्रको आतंकवाद, लागूऔषध ओसारपसार र सीमापार अपराधविरुद्ध लड्न आवश्यक भएको उल्लेख गर्दै सामूहिक प्रयासमा नेताहरूले सहमति जनाएका छन् ।
उनीहरूले शुक्रबार विद्युत् प्रसारण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् । उनीहरूले बिम्स्टेक चार्टरमा समेत जोड दिएका छन् । विज्ञ समूहको सुुझावको आधारमा चार्टर तय गरी आगामी शिखर सम्मेलन अघि नै पारित गराउने तयारी नेताहरूको छ । उनीहरूले पर्यवेक्षक थप गर्ने÷नगर्ने विषयमा पनि शुक्रबार रिट्रिटपछिको बैठकमा छलफल गर्नेछन् ।
मन्त्रीस्तरीय बैठकमा महासचिव शाहिदुल इस्लामले प्रस्तुत गरेका प्रतिवेदन सम्मेलनले स्विकार गरेको छ । परराष्ट्रमन्त्रीस्तरमा अनुमोदन भएका विषयमा शुक्रबार सम्झौता हुनेछ । बिम्स्टेकको स्थायी सचिवलाय बंगलादेशलाई कायम राख्ने, बिम्स्टेक सांस्कृतिक वेदशाला भुटानमा स्थापना गर्ने, बिम्स्टेक मौसम तथा जलवायु केन्द्र भारतमा स्थापना गर्ने विषयलाई शिखर सम्मेलन स्वीकार गरेको छ ।
भारतमा बिम्स्टेक ऊर्जा केन्द्र, श्रीलंकामा बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापनाको प्रयासलाई पनि सम्मेलने स्वीकार गरेको छ ।
भन्सार सम्बन्धी पारस्परिक सहायता अभिवृद्धि गर्ने, बिम्स्टेक मोटरभेइकल सम्झौता, बिम्स्टेक तटीय क्षेत्रमा पानीजहाज सञ्चालन एवं व्यापार सहजीकरणलगायतका विषयमा नेताहरूले सहमति जनाउँदै प्रक्रिया अघि बढाउन सन्देश दिएका छन् ।
बिहीबार स्वीकृत बिम्स्टेक यातायात, सम्पर्कसम्बन्धी गुरुयोजनालगायतको विषमया पनि राष्ट्र एवं सरकार प्रमुख एकबद्ध भएका छन् ।
बिहीबार नै तयार मस्यौदाका विषयवस्तुमा सम्बोधनका आधारमा केही परिमार्जन भएको छ । स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यातायात, सम्पर्क विस्तारसम्बन्धी गुरुयोजनामा सहमति जनाए ।
सम्मेलनमा बंलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानी अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले सामूहिक प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
सम्मेलनमा सहभागी हुन बंगलादेश, भारत र थाइल्याण्डका प्रधानमन्त्री बिहीबार नै काठमाडौं आएका हुन भने म्यानमारका राष्ट्रपति मंगलबार, भुटानका अन्तरिम चुनावी सरकार प्रमुख र श्रीलंकाका राष्ट्रपति बुधबार काठमाडैाँ आएका थिए ।
शिखर बैठकको प्रारम्भमा अध्यक्ष ओलीपछि सदस्य मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गरेका थिए ।
सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न समापन हुनेछ । सम्मेलन समाप्ति अघि बिम्स्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेकशिखर सम्मेलन भएको थियो ।
बिम्स्टेकर सार्कलाई नदाजौं : ओली
बिम्स्टेक शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी ओलीले यसलाई सार्कको विकल्प बनाउन नहुने बताए ।
‘सार्क र बिम्स्टेकको फरक फरक महत्व र भूमिका छन् । एकस“ग अर्कोमा दाज्नु हुँदैन’, उनले भने, ‘हामीले सहकार्य गर्दै विकासका लागि अघि बढ्ने हो । माध्यम जुनसुकै होस् ।’
उनले दुवै क्षेत्रीय संगठन सदस्य मुलुकका लागि सामाजिक-आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताउँदै भने, ‘दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुकलाई जोड्न यो संगठन अपरिहार्य छ ।’
सार्क र बिम्स्टेक एकअर्कालाई निषेध गर्न र एक अर्काको विकल्पका रूपमा नबनेको पनि उनले बताए ।
बिम्स्टेक पहिले सक्रिय थिएन, तर अब यसलाई सक्रिय बनाउ“दै लैजान आवश्यक छ । सार्क पनि सक्रिय रहेर पनि अघि बढ्न नसकेको अवस्थामा दुवैलाई सक्रिय पार्नुपर्ने उनले बताए।
‘सही नीति, संस्था र स्रोत-साधन अनि दृढ राजनीति इच्छा शक्तिले मात्र यस्ता संगठनले सफलता पाउँछ,’ उनले भने, ‘संगठन हामी सबैको प्रतिबद्धता हो । यसमा समान र सम्मानपूर्वक सहभागित एवं सक्रियता आवश्यक छ ।’
उनले आतंकबाद र अन्तरदेशिय अपराध शुन्यमा झार्न सहकार्य गर्दै विकासका योजनामा पार्नपर्ने बताए । नेपाल जस्तो मुलुकले यस्ता संगठनमार्फत नै आफ्नो हित प्रवद्र्धन गर्दै जनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओली सम्बोधनमा समेत नेपालको पछिल्लो अवस्था स्मरण गराउँदै सहकार्य गर्दै समृद्धिमा अघि बढ्ने बताए ।
उनले लगानीमा समेत जोड दिँदै राजनीतिक स्थायित्वतर्फ मुलुक अघि बढेकाले यहाँ प्रचुर लगानीको लागि पनि जोड दिए । ओलीले सहकार्यका लागि क्षेत्रगत सुधारको सुझाव र विम्स्टेकले गति लिन थालेको विषय उठाए ।
आतंकवादविरुद्ध लड्न सैनिक अभ्यास : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक शिखर सम्मेलनमा आफूले पहिलो पटक भाग लिएको भन्दै शान्त र समृद्ध यो क्षेत्रमा सहकार्यमा आफ्नो जोड रहने बताए । गोवाको ब्रिक्स सम्मेलनमा आफूले राखेको धारणा अनुसार सम्मेलन अघि बढेकोमा खुशी ब्यक्त मोदीले यो क्षेत्रलाई सभ्यता, इतिहास, भाषा, खानपान अटुटले जोडे स्मरण गरे । उनले भने, ‘विकास एक्लै सम्भव छैन । अब हामी साथ साथ अघि बढ्ने हो । सहकार्य गर्ने हो । यसमा सबै उत्तिकै जिम्मेवार भएर अघि बढ्नु आवश्यक छ ।’
उनले ब्यपार, जनस्तरको सम्बन्ध, यातायात, मोटरभेहिकल सम्झौता, जलमार्गबाट अघि बढ्न लागेकोमा खुशी ब्यक्त गरे । ‘क्षेत्रीय सहकार्यका लागि शान्तिको वातावरण नै प्रमुख हो’, उनले भने, ‘कहिले पहिरो, कहिले बढी, समुद्री आँधी त कहिले भूकम्पको चपेटा छौं ।’ यस्ता समस्यमा समाधानका लागि सहकार्य नै अपरिहार्य छ । ‘ब्लु इकोनोमी’ मार्फत् यस्त विषयमा सहकार्य गरिने छ ।’
बिम्स्टेक राष्ट्रहरूबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको जानकारी दिए । उनले बिम्स्टेक राष्ट्रबीच सैनिक अभ्यास भारतले आयोजना गर्न लागेको खुलाए ।
बहुदेशीय सैनिक फिल्ड ट्रेनिङ माइलेक्स र स्थल सेना प्रमुखहरूको कन्क्लेभमा सबैलाई स्वागत गर्न आतुर रहेको पनि उनले बताए । सैन्य अभ्यास सदस्य मुलुकका लागि के कति लाभ हानी हुन्छ त्यो प्रमुख विषय बनेको छ । त्यो सहकार्यले कुन संकेत गर्न खोजेको प्रशंग पनि छ ।
आर्थिक सहकार्यको विषयमा अघि बढेको संगठन एकाएक सैन्य सहकार्य र अभ्यासमा पुगेको विषयमा भने शुक्रबारको रिट्रिटमा छलफल हुने बताइएको छ ।
नेपालले बौद्ध सम्मेलन गर्नपर्ने सुझाव आइरहेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले नै सन् २०२० अक्टोबरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी रहेको बताए । सबै मुलुकका प्रमुखलाई उनले सम्मेलनमा नै निमन्त्रणा गरे ।
‘हिमालदेखि खाडीसम्म जोडिएको यस क्षेत्रमा प्राकृतिक विपत्तिसँग जुध्नु गरेको छ’, मोदीले भने, ‘त्यसको समाधान गर्न मिलेर काम गर्नुपर्छ ।’
मोदीले बिम्स्टेक सदस्य राष्ट्रबीच कनेक्टिभिटीका क्षेत्रमा व्यापार, आर्थिक, यातायात, डिजिटल र जनस्तरमा सम्बन्ध विस्तारको प्रचुर सम्भावना यस क्षेत्रमा रहेको बताए ।
हसिनाले स्तब्ध पारिन्
हसिनाले बिम्स्टेकको सम्मेलनमा आफ्नो विगत स्मरण गर्दै आफ्ना पितालाई सम्झिइन् । उनले आफ्नो परिवारको १८ जनालाई एकै पटक गुमाउनु पर्दाको विगत स्मरण गर्दै अगस्ट महिना स्मरण गरिन् । ‘यो अगस्टको महिना हो । मेरा लागि पीडादायी महिना । मेरा बुबा अर्थात् बंगलादेशका निर्माता राष्ट्रपति शेख मुजिवुर रहमानसहित मेरी आमा र मेरा दाजुहरू को हत्या १९७५ अगस्टमा नै भएको थियो’, उनले भावुक हु“दै भनिन्, ‘त्यसपछिको पा“च वर्ष म भारतमा शरण लिन बाध्य भए“ ।’ त्यतिबेला उनी र बहिनी जर्मनीमा रहेकाले बाचेका थिए ।
बंगलादेशका एक सैन्य समूह उनको घरमा प्रवेश गरी सामूहिक नरसंहार गरेको थियो । त्यो घटना स्मरण गराउ“दा सोल्टी होटलको उक्त हल स्तब्ध भएको थियो । उनले भनिन, ‘आफू सँधै आतंकवादको शुन्य सहनशिलताको पक्षमा रहेको बताउँदै यसमा सहकार्य गर्न अपरिहार्य छ । आतंकवाद विकासको बाधक हो यसका विरुद्ध सबै एक जुट हुन आवश्यक छ ।’
निकै ब्यस्त रहेकी उनी प्रधानमन्त्री ओलीको व्यक्तिगत अनुरोधपछि नेपाल आएकी हुन । उनी सम्मेलन सकिनु अघि नै स्वदेश फर्कने छिन ।
उनले बिम्स्टेकको सचिवालय आफ्नो मुलुकमा रहेकाले आफ्नो देशको जिम्मेवारी यसमा थप रहेको भन्दै सहकार्यका लागि आफूहरू सधंै खुला रहेको पनि बताइन् ।
जलवायू परिवर्तनस“ग लड्न तयार छौं : भुटान
भुटानी नरेश नाम्ग्याल बाङचुकको शुभकामना सुनाउँदै भुटानका अन्तरिम सरकार प्रमुख बाङचुकले भुटान बिम्स्टेक सदस्य राष्ट्रबीच सहकार्यका जोड दिने बताए ।शान्ति र दिगो विकासको बाधक आतंकबाद रहेको औंल्याउँदै उनले भने, ‘आतंकवादविरुद्धको सहकार्यमा सधै भुटान साथ रहन्छ ।’
वाङचुकले जलवायु समस्या समाधान गर्न भुटानी संविधानमै उल्लेख भएका उल्लेख गर्दै उनले भने, ‘जलवायु परिवर्तनका बारेमा आफूहरू सहकार्य गर्न तयार छौं । यससँग लड्न कार्ययोजना आवश्यक छ ।’
म्यानमारका राष्ट्रपति यु मिन्टले आफ्नो देश सधैं बिम्स्टेक मान्यताको पक्षमा रहेको र आसियानसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए । बिम्स्टेक क्षेत्रका बुद्धमार्गीबीचको सहकार्यका लागि आफ्नो देशले छट्टै योजना ल्याउन लागेको उनले उल्लेख गरे ।
श्रीलंकाका राष्ट्रपति मैत्रिपला सिरिसेनाले पनि यस क्षेत्रमा सहकार्य अपरिहार्य रहेको औंल्याउँदै विकासका लागि दुईपक्षीय सहकार्य जोड दिए ।
बिम्स्टेक र सार्क यही प्रयासका लागि फरक फरक तर उही उद्देश्य रहेको संगठनको रुपमा उनले अथ्र्याए । उनले आफूले बिम्स्टेकको अध्यक्षता लिएपछि कार्यावन्यनमा जोड दिने बताए ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रलाई स्थलबाट जोडेर लगानी प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने बताए ।
उनले पाँच क्षेत्र पहिचान गर्दै त्यसमा सहकार्य गर्न सुझाव समेत राखेका छन् ।सम्मेलनमा म्यानमारका राष्ट्रपति यु, भारतीय प्रधानमन्त्री मोदी, श्रीलंकाका राष्ट्रपति सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री ओचाले आफ्नै भाषामा सम्वोधन गरेका थिए ।
उनीहरूको मन्तव्यलाई अंग्रेजीमा अनुवाद गरिएको भए पनि त्यो हेडफोन सबैमा उपलब्ध नहुँदा भाषा नबुझ्नेले हाउभाव मात्र अड्कल गरेका गरेका थिए । सरकारी सभाहलालाई वेवास्ता गर्दै होटलमा गरिएको उक्त सम्मेलनको ब्यवस्थापन रामै्र थियो ।
सम्मेलन स्थलामा जे देखियो
सम्मेनलस्थलमा राष्ट्र एवं सरकार प्रमुखलाई अल्फाबेटिकल अर्डरमा राखिएको थियो । सम्बोधन पनि त्यही आधारमा गराइएको थियो । प्रधानमन्त्री ओलीले सबैलाई सोल्टी होटलको द्वारमा स्वागत गर्दै होल्डिङ रुपमा पठाएका थिए ।भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाका राष्ट्रपति सिरिसेना बीच हात मिलाउँदै गरेको छलफल र हासो सभाहल सर्बतर्फ सुनिएको थियो।
मोदीले म्यानमारका राष्ट्रपति मिन्टलाई ढाप मारेका थिए । अनि उनीहरू भलाकुसरी गर्दै फर्किए भने बीचमा निकै झुक्दै आइपुगे भुटानी अन्तरिम सरकारका प्रमुख बाङचुक ।
उनीहरूलाई होल्डिङ रुपमा लगेर ओली बिस्तारै पछि पछि गए । उनले आतिथ्यतालाई निकै सहज तबरले प्रस्तुत गरे । त्यसपछि उनीहरू होल्डिङ रुमबाट अल्फबेटिकल अर्डरमा नै हायात तिर लागेका थिए ।
हायातमा उनीहरूको सम्मानमा प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गरेका थिए । उनले नेपाली सांस्कृतिकसहित गाला डिनर आयोजना गरेका हुन् । रात्रि भोजमा ओलीले नेपालका सबै पूर्वप्रधानमन्त्रीसँग बिम्स्टेकमा सहभागी हुन आएका पाहुनासँग परिचय गराएका थिए । यसअघि मोदी र हसिनाको दुईपक्षीय वार्ता भएको थियो । हसिना शुक्रबार विहान नै स्वदेश फर्कने हुनाले हतारमा भेटावर्ता गरेकी हुन् । उनले म्यानमारका राष्ट्रपतिसँग पनि छलफल गरेकी छन् ।
बिम्स्टेक चौथो सम्मेलनमा प्रस्तुत हुने एजेण्डा पुरानै थिए । यसमा प्रतिवद्धता नै जाहेर गर्ने काम भए । बिम्स्टेक राष्ट्रबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत् प्रसारण लाइनमा शुक्रबार हस्ताक्षर हुने र अन्य केन्द्र खोल्ने बाहेक खासै ठूलो सहकार्य देखिएको छैन ।
काठमाडौं घोषणापत्रमा सदस्यहरू बीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा परेका भएपनि यसको उपलब्धी खासै देखिदैन ।
ओली-हसिना भेट
प्रधानमन्त्री ओली र बंलादेशका प्रधानमन्त्री हसिनाबीच द्विपक्षीय भेटवार्ता सम्म्ेलन अघि नै भएको थियो । हसिनासँग नेपाल र बंगलादेश सम्बन्धका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिनिधि पठाउने तयारी गरेकी हसिनाले ओली स्वयंले टेलिफोन गरी आमन्त्रण गरेका कारण शुक्रबार बिहान फर्कने गरी नेपाल आएकी हुन् ।
शितल निवासमा विशिष्ट पाहुना
राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेकमा सहभागी शीर्ष पाहुनाको सम्मानमा दिवा भोज दिएकी छन् । राष्ट्रपतिले दिवाभोजअघि सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखस“ग बिम्स्टेक सहकार्यबारे छलफल गरेकी थिइन ।
दिवा भोजमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए ।