बिम्स्टेक सम्मेलन : अनौपचारिक छलफल सुरु
![बिम्स्टेक सम्मेलन : अनौपचारिक छलफल सुरु](https://annapurnapost.prixacdn.net/media/albums/bimstek-informal-meting_20180831033404_ygYZl4Tbvj.jpg)
काठमाडौं : बिम्स्टेक चौथो शिखर सम्मेलनको दोस्रो दिन अनौपचारिक छलफल सुरु भएको छ । सम्मेलनस्थल सोल्टी होटलको स्वीमिङ पुलनजिक सामुहिकरुपमा अनौपचारिक छलफल सुरु भएको हो । अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’ गरिन्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि अनौपचारिकरुपमा आपसमा कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ।
उक्त अनौपचारिक छलफल करिब १० बजेसम्म हुने बताइएको छ । त्यसपछि औपचारिकरुपमा सम्मेलन सुरु हुने छ । अनौपचारिक छलफलका क्रममा सामूहिक सबै देशका प्रमुख तथा राष्ट्राध्यक्षहरुले सामूहिक फोटो सेसन गरेका छन् । अनौपचारिक सम्मेलनमा व्यक्तिगत कुरादेखि राष्ट्रिय, अन्तराष्ट्रिय सबै खालका कुरा हुन्छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)