भूकम्पपीडितको रकम एनजीओकर्मीलाई

भूकम्पपीडितको रकम एनजीओकर्मीलाई

गोरखा : गोरखाका भूकम्पपीडितलाई राहत, उद्धार, पुनर्निर्माण, पुनस्थापनामा सहयोग गर्न आएको एक एनजीओले आफ्ना स्टाफलाई घर बनाउन निर्माण सामग्री सहयोग गरेको छ । कारितास नेपाल नामक एनजीओले नमुना घर बनाउँदा खरिद गरेको सामग्री गोरखा नगरपालिका ५ की सोसियल एनिमेटर पार्वती श्रेष्ठलाई घर बनाउन सहयोग गरेको हो ।

श्रेष्ठलाई ३ हजार २ सय रुपैयाँ बराबरको ७१ थान इन्टर लकिङ इँटा सहयोग गरिएको एक स्टाफले बताए । अन्य वडामा ‘नमुनाघर’ बनाउन प्रयोग गरिएको सामग्रीबाट बचाएर स्टाफ श्रेष्ठलाई सहयोग गरिएको उनले बताए ।

संस्थाको बोर्डले निर्णय गरेर सहयोग गरिएको जिल्ला कार्यक्रम संयोजक कमल श्रेष्ठले जानकारी दिए । ‘निम्न आर्थिक अबस्थाका आफ्नो कर्मचारीलाई घर बनाउन सहयोग गर्ने निर्णय गरेका छौं’, श्रेष्ठले भने, ‘संस्थाको निर्णय अनुसार सहयोग गरेकोहो । धेरै रकमको सहयोग पनि छैन । जम्मा ३२ सय रुपैयाँको सहयोग हो ।’उक्त निर्णय अनुसार अहिलेसम्म अरु स्टाफ कसैलाई पनि सहयोग नगरिएको उनले बताए ।

वडा नं. १० को नमूनाघर निर्माण गर्दा सामग्री उपारेर स्टाफको घर निर्माणमा सहयोग गरिएको कारितासले जनाएको छ ।कारितासले क्याथोलिक रिलिफ सर्भिस (सिआरएस) सँगको समन्वयमा भूकम्प पीडितलाई राहत, पुनर्निर्माण तथा पुनस्थापनाको काम गर्दै आएको छ । नमुना घर निर्माणका लागि खरिद गरिएको सामग्रीले स्टाफको घर निर्माण गर्न प्रदान गरेपछि असन्तुष्ट कर्मचारीले दातृसंस्था सिआरएस र कारितासको मुख्य कार्यालयमा उजुरी समेत गरेका थिए ।

भूकम्प पीडितलाई राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्राप्त बजेट जथाभावी निर्णय गरेर खर्च गर्न नमिल्ने दातृसंस्था सिआरएसका कार्यक्रम संयोजक रामहरि देवकोटाले बताए । ‘कारितासले गरेको काम गलत हो’, देवकोटाले भने, ‘बोर्डले निर्णय गरेको भन्दैमा जे पनि निर्णय गरेर खर्च गर्न पाउँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.