ओली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै
काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ। अबको केही बेरमा भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ।
शुक्रबार प्रधानमन्त्री ओली र मोदी बीच वार्ता भएपछि धर्मशाला उद्घाटनका लागि पशुपतिनाथ जाँदैछन्।भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।
भारतको लगानीमा निर्माण गरेको उक्त धर्मशालामा ८८ वटा कोठाहरु रहेका छन्।