रोनाल्डो र सलाहलाई पछि पार्दै लुका मोड्रिच बने युरोपको सर्वाेत्कृष्ट खेलाडी

रोनाल्डो र सलाहलाई पछि पार्दै लुका मोड्रिच बने युरोपको सर्वाेत्कृष्ट खेलाडी

मोनाको : क्रोएसियाको फुटबल टोलीका कप्तान लुका मोड्रिच युरोपको सर्वाेत्कृष्ट फुटबलर घोषित भएका छन् । युरोपेली फुटबल संघ (यूईएफए)ले बिहीबार राति गरेको आफ्नो वार्षिक अवार्ड कार्यक्रममा रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका मोड्रिच गत वर्ष गरेको प्रदर्शनका आधारमा युरोपकै सर्वाेत्कृष्ट फुटबलर घोषित भएका हुन् ।

मोड्रिचले गत सिजन रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउन महŒवपूर्ण योगदान दिएका थिए । रियलले गत वर्ष लगातार तेस्रो वर्ष र पछिल्लो पाँच सिजनमा चौथोपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । उनले गत महिना रुसमा भएको फिफा विश्वकप फुटबलमा पनि आफ्नो टोलीलाई फाइनलसम्म पु¥याएका थिए । क्रोएसिया विश्वकपको फाइनलमा पुगेको यो नै पहिलो अवसर थियो । यद्यपि फाइनलमा फ्रान्ससँग ४–२ गोलले पराजित भएपछि क्रोएसिया उपाधिबाट वञ्चित भएको थियो ।

मोड्रिच गत सिजन च्याम्पियन्स लिग खेलेका क्लबका प्रशिक्षक र युरोपबाट छनोट गरिएका सीमित खेल पत्रकारहरूको भोटिङमार्फत युरोपकै सर्वाेत्कृष्ट फुटबलर घोषित भएका हुन् । युरोपकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएपछि मोड्रिच निकै खुसी देखिए । ‘मेरा लागि यो साँच्चिकै अविश्वसनीय क्षण हो । यो महŒवपूर्ण अवार्ड जित्दा निकै खुसी लागेको छ’, मोड्रिचले भने ।

मोड्रिचले अवार्डका लागि आफ्नै क्लबका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहलाई पछि पारेका हुन् । तीमध्ये सलाह र मोड्रिच मात्रै अवार्ड समारोहमा उपस्थित थिए । यसै सिजन रियल छाडेर इटालियन क्लब युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डो भने अवार्ड समारोहमा उपस्थित थिएनन् ।

युभेन्टसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जुउसेप्पी मारोट्टाले अवार्ड समारोहमा उपस्थित नहुने रोनाल्डोको व्यक्तिगत निर्णय रहेको जनाए । ‘समारोहमा उपस्थित नहुने रोनाल्डोको व्यक्तिगत निर्णय हो । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ’, समारोहमा उपस्थित भएका सीईओ मारोट्टाले भने ।

रोनाल्डो पनि गत सिजन गरेको प्रदर्शनका आधारमा युरोपको उत्कृष्ट स्ट्राइकर घोषित भएका छन् । युरोपको उत्कृष्ट खेलाडीको अवार्डमा रियल म्याड्रिडकै खेलाडीहरूको बाहुल्य रह्यो । सर्वाेत्कृष्ट खेलाडी घोषणा भएका मोड्रिच गत सिजनको उत्कृष्ट मिडफिल्डर पनि चुनिए । यस्तै केलोर नाभास उत्कृष्ट गोलरक्षक र कप्तान सर्जियो रामोस उत्कृष्ट रक्षक घोषित भए ।

युरोपको सर्वाेत्कृष्ट महिला खेलाडीको अवार्ड डेनमार्क र जर्मन क्लब वल्फसबर्गकी खेलाडी पर्निल्ले हार्डले जितिन् । इङ्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्याम प्रेसिडेन्टन्स अवार्डबाट सम्मानित भए । यूईएफएले फुटबलबाट प्राप्त आफ्नो छवि प्रयोग गरी मानवीय कार्यमा सक्रिय रहेकाले बेकह्यामलाई सो अवार्डबाट सम्मानित गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.