वीरगन्ज–काठमाडाैं रेल निर्माण नयाँ चरणमा

वीरगन्ज–काठमाडाैं रेल निर्माण नयाँ चरणमा

काठमाडौं : वीरगन्ज–काठमाडौं रेल निर्माण प्रक्रियाको पूर्वअध्ययन गर्न सहमति भएको छ । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिम्स्टेक साइडलाइनमा भएको द्विपक्षीय भेटमा भारतले नेपाललाई बनाइदिने भनिएको वीरगन्ज–काठमाडौं रेलवे लाइनको अध्ययन सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको हो ।

ओलीको गत चैतको भारत भ्रमणमा दुई देशबीच रक्सौल–काठमाडौं विद्युतिय रेल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधूसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रेलमार्ग काठमाडौंको चोभारसम्म ल्याउने गरी अध्ययन गरिनेछ । एक वषभित्र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी पा“च वषभित्र रेल निर्माण सम्पन्न गर्ने सहमति अनुसार पहिलो सहकार्य भएको हो । रेलगमार्ग निर्माण भारतीय लगानीमा हुने छ । यसका लागि अध्ययन गर्न कोंकण रेलवे कर्पोरेशन लिमिटेडले नेपाल सरकारको परार्मशमा रेलवेको इन्जिनियरिङ तथा ट्राफिक क्यवस्थापन अध्ययन गर्ने जिम्मेवारी दिइएको भारतीय दूतावासको विज्ञप्तीमा उल्लेख छ ।

बिम्स्टेक सम्मेलन सकिएपछि नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि रेलमार्ग अध्ययन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताले वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया एउटा नयाँ बिन्दुमा पुगेको भौतिक योजना सूचिव अधिकारीले जानकारी दिए । ‘यो रेलमार्गले अब व्यावहारिक तहमा गति लिनेछ । यसको काम अघि बढ्नेमा दुईमत छैन’, अधिकारीले भने, ‘पूर्व सम्भाव्यता अध्ययन सकिएपछि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण हुनेछ ।’

अहिलेको सम्झौता इञ्जिनियरिङ तथा ट्राफिक सर्भे हो । रक्सौलबाट वीरगन्ज हँुदै काठमाडौं जोड्ने उक्त रेलमार्गले दुई देशको जनताबीचको सहकार्यलाई थप बल पुग्ने सम्झौतापछि मोदीले उल्लेख गरे । रेलमार्ग बढीमा एक सय ३० किलोमिटर लामो हुनेछ भने अधिकांश स्थानमा टनेल बन्नेछ ।

नेपालले अर्को छिमेकी चीनस“ग केरुङ–काठमाडौं रेलमार्ग निर्माणको अध्ययन थालेको छ । चिनियाँ प्राविधिकले प्रारम्भिक अध्ययन गरिसकेका छन् । उनीहरूले पनि आगामी नौ वर्ष भित्र काठमाडौंसम्म रेल ल्याउन सक्ने बताइसकेका छन् ।

भुगोलको कारण चिनियाँ रेल निर्माण अत्याधिक महंगो पर्ने भन्दै नेपालले चिनियाँ अनुदान खोज्दै आएको छ । रेलमार्ग सम्भाव देखिएपनि महंगो हुँदा नेपालले कूटनीतिक पहल गरिरहेको छ । केही दिन पहिले नेपाली अधिकारी रेलमार्गका विषयमा चिनियाँ अधिकारीसँग द्विपक्षीय छलफलमा बसेका थिए । 

धर्मशाला उद्घाटन

रेल पूर्वअध्ययन सहमति लगत्तै नेपाल–भारत दुबै देशका प्रधानमन्त्रीले गौशालाको पशुपति क्षेत्रमा निर्माण गरिएको धर्मशालाको संयुक्त रुपमा उद्घाटन गरे । धर्मशमाला २२ करोडको लागतमा निर्माण भएको हो । धर्मशाला संयुक्त उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भारतीय सहयोगको सरहना गरे ।

मोदीले नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तार गर्न सके मात्र सम्बन्ध साच्चै उच्चस्तरमा रहने उल्लेख गरे ।

भारतले यतिबेला जनस्तरको सम्बन्ध विस्तारमा ध्यान दिएको भन्दै नेपाली जनताको साथमा भारत रहने मोदीले बताए ।

चार वर्षे कार्यकालमा आफू चौथौपटक नेपाल भ्रमणमा आएको बताउँदै मोदीले भने, ‘पशुपतिनाथले मलाई नेपालमा बारम्बार तानिरहनु भएको छ । म उहाँको चरणमा पर्न पाइरहेको छ ।’

उनले काठमाडौंलाई हिन्दु–बुद्धको संगमस्थालका रुपमा चित्रण गरे । ‘बुद्ध र हिन्दु धर्म मान्नेबीचको मेलमिलापले यहाँको हरेक पक्षलाई उजागर गर्छ । जुन साघुरा सडकमा हिड्ँदा समेत प्रस्तुत हुने गरेको छ’, मोदीले भने ।

उनले यो प्रशंगलाई लुम्बिनीले गौतम दियो भने भारतको बोधगयाले बुद्ध दिएकोतर्फ लग्दै भने, ‘गौतम बुद्धले दिएको सन्देशले आतंकवाद र अतिवाद जस्तो समस्या हल गर्ने संगम दिएको छ ।’

ओलीले लुम्बिनी भ्रमणको निम्ता गर्दै गौतम बुद्ध बारे धारणा राखेपछि मोदीलेको यस्तो अभिव्यक्ति आएको हो ।

साइडलाइन वार्ता

बिम्स्टेक साइडलाइनमा नेपाल–थाइल्याण्डबीच भएको वार्तामा थाइल्याण्डले भूकम्पपछि उपलब्ध गराउने भनेको करिब १७ करोड रुपैया“ बराबरको मेडिकल सहायता शुक्रबार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीस“ग थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रबार द्विपक्षीय भेटवार्ता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

भेटमा थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिब १६ करोड ८० लाख रुपैया“) बराबरको औषधि तथा मेडिकल उपकरण हस्तान्तरणको प्रतिकात्म्क सामग्री हस्तान्तरण गरे ।

अ‍ोली–मोदी वार्ता

ओली–मोदी दुईपक्षीय छलफलमा नेपाल–भारतको सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था र विकास बारे चासो राखेका थिए । आवश्यक साथ र सहयोग गर्न आफूहरू तयार रहेको पनि बताएको परराष्ट्र अधिकारीले जानकारी दिए ।

बिम्स्टेक सम्मेलनमा आएका पाहुनाले पनि एक आपसमा साइडलाइन भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सबै भन्दा बढी भेटवार्ता गरेका छन् । उनले सबैजसो समकक्षीसँग दुईपक्षीय वार्ता गरेका थिए । कतिपयले रिट्रिटलाई नै दुईपक्षीय वार्ताको माध्यम बनाए । उनीहरूले रिट्रिटमा बिम्स्टेकमा पर्यवेक्षक थप्ने विषयमा पनि अनौपचारिक छलफल गरे । सदस्य मुलुकसँग जोडिएका र बंगालको खाडी तथा हिन्दमहासागर छेउका मुलुकबारे सोच्दै अघि बढ्ने विषयमा पनि छलफल भएको छ ।

फर्किए पाहुना

भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति यु मिन्ट र थाइ प्रधानमन्त्री प्रत्युचान बिम्स्टेक सम्मेलन सकिए लगत्तै स्वदेश फर्केका छन् । हसिना र ओचालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए । म्यानमारका राष्ट्रपति मिन्टलाई गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरे । मोदीलाई उपप्रधानमन्त्री उपेन्द्र यादवले बिदाइ गरे । सबैको स्वागत भने उपप्रधानमन्त्री पोखरेलले गरेका थिए । मोदी, शेख र ओचा बिहीबार काठमाडौं आएका थिए ।

म्यानमारका राष्ट्रपति यु मंगलबार नै काठमाडांै आएका थिए । उनले लुम्बिनीको भ्रमण पनि गरे ।

राष्ट्रपति युले नेपाल–म्यानमारको सहकार्य र सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै काठमाडांै बसाइ महत्वपूर्ण रहेको बताए । मोदीले छोटो समयमा शिखर सम्मेलन गरेर नेपालले राजनीति स्थायित्वको सन्देश दिएको बताए ।

भुटानमा अन्तरिक सरकार प्रमुख शनिबार बिहान फर्कने छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार लुम्बिनी पुग्नेछन् । उनले प्रधानमन्त्री ओलीसँग पनि दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.