वामदेवले भने- अध्यक्ष ओलीले पार्टीमा आउने सबैलाई स्वागत छ भन्नुभो, तर म आउँछु भन्दा पनि आउनु भन्नु भएन


काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतमले एमाले फर्किने आफ्नो प्रस्तावमा केपी ओली सकारात्मक नदेखिएको बताएका छन्।

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले ओलीकै अगाडि आफूले एमाले आउन आतुर रहेको बताए पनि ओलीले भने त्यसलाई गम्भीरतापूर्वक लिएको बताए।

आफ्नो प्रस्तावमा ओलीले अहिले नै पार्टीमा आउनुहोस् भन्ने अपेक्षा गरेपनि पार्टीमा आउन चाहने सबैलाई स्वागत छ भनेर आफ्नो प्रस्तावलाई गम्भीर नलिएको महसुस भएको उनको भनाइ ।

एमालेले फर्काउन चाहने हो भने आफू तयार रहेको उनले बताए। पार्टीमा हुने र पार्टी बाहिर हुनेमा धेरै फरक पर्ने भएकाले त्यसलाई महसुस गर्दै आफू एमाले आउन चाहेको उनले बताए। 

माधव कुमार नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका बेला वामदेव गौतमले पनि एमाले परित्याग गरेका थिए। तर, उनी माधव नेपाल नेतृत्वको पार्टीमा भने सहभागी भएनन्। उनले नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर राजनीति अगाडि बढाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.